Trending
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     दक्षिण कोरियाली उम हङ गिल फाउन्डेसनले नेपालका बाढीपीडितलाई सहयोग गर्ने     |     सुरक्षाकर्मीको त्याग र साहसप्रति सरकारको उच्च सम्मान: प्रधानमन्त्री शाह     |     एसिसी प्रिमियर मेन्स कपमा नेपालको लगातार तेस्रो जित, सेमिफाइनल प्रवेश     |     न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित     |     पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द     |     पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार–२०८३ तथा पर्यटन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान     |     त्रिशूली–३ बी सुरुङ: ४२६ मिटर भित्र पुगे उद्धारकर्मी     |     भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |    
शिक्षा

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

२८ असार २०८२, शनिबार २१:१६

जाजरकोट। जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । जिल्लाका सातवटै स्थानीय तहअन्तर्गत १६ देखि २३ महिना उमेर समूहमा पर्ने बालबालिकाले राष्ट्रिय नियमित खोप तालिका अनुसार तोकिएको सम्पूर्ण खोप सेवा प्राप्त गरेसँगै पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा सुनील पुनले १६ देखि २३ महिना उमेर समूहका बालबालिकाले नियमित खोप तालिका अनुसार सम्पूर्ण खोप लिइसकेपछि जिल्लाले पूर्णखोप सुनिश्चितता हासिल गरेको जानकारी दिए ।

पूर्णखोप सुनिश्चितता अभियानअन्तर्गत जिल्लाका हजारौँ बालबालिकालाई लक्षित गरी खोप सेवा पुर्याइएको हो । कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुखहरू, विभिन्न वडाका अध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय सङ्घसंस्था, पत्रकार र समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो ।

जिल्लालाई पूर्णखोप सुनिश्चित बनाउनुका साथै आगामी दिनमा यसको दिगोपना कायम राख्न सबैपक्षले निरन्तर सहकार्य र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममार्फत बालस्वास्थ्य र खोपको पहुँच विस्तार गर्न आवश्यक रणनीति र सहयोगको खाका प्रस्तुत गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयको ‘सबै बालबालिकालाई पूर्णखोप’ भन्ने लक्ष्यअनुसार अगाडि बढाइएको अभियानमा जाजरकोटले उल्लेखनीय सफलतासँगै कर्णाली प्रदेशमा उदाहरणीय उपलब्धि हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्