Trending
एनपीएलः सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्णविराम, विराटनगरको सानदार जित     |     सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य     |     मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह     |     जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य     |     सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता     |     स्वरसम्राट्को ३५ औँ स्मृति दिवस आज     |     ‘मिस एण्ड मिसेस युनिभर्सल २०२५ – सिजन ४’ नेपाल पुलिस क्लबमा भव्य रूपमा सम्पन्न     |     एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब     |     सुदूरपश्चिम अपराजित यात्रा कायम राख्दै पहिलो क्वालिफायरमा, चितवन ४९ रनले पराजित     |     टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की     |    
शिक्षा

कुन प्रदेशमा कस्तो छ कक्षा १२ को नतिजा ?

२० श्रावण २०८२, सोमबार २२:२६

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा बागमती प्रदेशबाट सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण भएका छन् भने कर्णाली प्रदेशबाट सबैभन्दा कम विद्यार्थी सफल भएका छन्। नन-ग्रेड (अनुत्तीर्ण) संख्या पनि बागमतीमै सबैभन्दा धेरै छ।

बागमती प्रदेशबाट ८७,९७६ विद्यार्थी उत्तीर्ण भएका छन् भने ३६,८६५ जना नन-ग्रेडमा परेका छन्। परीक्षामा सहभागी हुने विद्यार्थी संख्या पनि बागमतीमै सबैभन्दा धेरै रहेको थियो।

त्यस्तै, सबैभन्दा कम विद्यार्थी सहभागी भएको कर्णाली प्रदेशमा १२,७७७ विद्यार्थी मात्रै ग्रेडिङमा परेका छन् भने १२,६८१ जना नन-ग्रेडमा परेका छन्। कर्णालीको यो परिणामले शैक्षिक पहुँच र स्रोतको असमानतालाई झल्काउँछ।

प्रदेशगत ग्रेडिङ र नन-ग्रेड विवरण:

कोशी प्रदेशः
नन ग्रेडः २४९७९
ग्रेडिङः ३७१६२

मधेश प्रदेश
नन ग्रेडः २३३२३
ग्रेडिङः २९८४३

बागमती प्रदेश
नन ग्रेडः ३६८६५
ग्रेडिङः ८७९७६

गण्डकी प्रदेश
नन ग्रेडः १०१०३
ग्रेडिङः १८१३८

लुम्बिनी प्रदेश
नन ग्रेडः २९३२३
ग्रेडिङः ३६७६३

कर्णाली प्रदेश
नन ग्रेडः १२६८१
ग्रेडिङः १२७७७

सुदूरपश्चिम प्रदेश
नन ग्रेडः १६६०८
ग्रेडिङः १९८०६

प्रतिक्रिया दिनुहोस्