Trending
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     दक्षिण कोरियाली उम हङ गिल फाउन्डेसनले नेपालका बाढीपीडितलाई सहयोग गर्ने     |     सुरक्षाकर्मीको त्याग र साहसप्रति सरकारको उच्च सम्मान: प्रधानमन्त्री शाह     |     एसिसी प्रिमियर मेन्स कपमा नेपालको लगातार तेस्रो जित, सेमिफाइनल प्रवेश     |     न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित     |     पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द     |     पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार–२०८३ तथा पर्यटन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान     |     त्रिशूली–३ बी सुरुङ: ४२६ मिटर भित्र पुगे उद्धारकर्मी     |     भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |    
शिक्षा

कुन प्रदेशमा कस्तो छ कक्षा १२ को नतिजा ?

२० श्रावण २०८२, सोमबार २२:२६

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा बागमती प्रदेशबाट सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण भएका छन् भने कर्णाली प्रदेशबाट सबैभन्दा कम विद्यार्थी सफल भएका छन्। नन-ग्रेड (अनुत्तीर्ण) संख्या पनि बागमतीमै सबैभन्दा धेरै छ।

बागमती प्रदेशबाट ८७,९७६ विद्यार्थी उत्तीर्ण भएका छन् भने ३६,८६५ जना नन-ग्रेडमा परेका छन्। परीक्षामा सहभागी हुने विद्यार्थी संख्या पनि बागमतीमै सबैभन्दा धेरै रहेको थियो।

त्यस्तै, सबैभन्दा कम विद्यार्थी सहभागी भएको कर्णाली प्रदेशमा १२,७७७ विद्यार्थी मात्रै ग्रेडिङमा परेका छन् भने १२,६८१ जना नन-ग्रेडमा परेका छन्। कर्णालीको यो परिणामले शैक्षिक पहुँच र स्रोतको असमानतालाई झल्काउँछ।

प्रदेशगत ग्रेडिङ र नन-ग्रेड विवरण:

कोशी प्रदेशः
नन ग्रेडः २४९७९
ग्रेडिङः ३७१६२

मधेश प्रदेश
नन ग्रेडः २३३२३
ग्रेडिङः २९८४३

बागमती प्रदेश
नन ग्रेडः ३६८६५
ग्रेडिङः ८७९७६

गण्डकी प्रदेश
नन ग्रेडः १०१०३
ग्रेडिङः १८१३८

लुम्बिनी प्रदेश
नन ग्रेडः २९३२३
ग्रेडिङः ३६७६३

कर्णाली प्रदेश
नन ग्रेडः १२६८१
ग्रेडिङः १२७७७

सुदूरपश्चिम प्रदेश
नन ग्रेडः १६६०८
ग्रेडिङः १९८०६

प्रतिक्रिया दिनुहोस्