Trending
वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |     तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए     |     पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |    
वातावरण

बाढी पहिरोका कारण काठमाडाैँ उपत्यकामा ३४ सहित देशभर ५९ जनाको मृत्यु

१२ आश्विन २०८१, शनिबार १२:५०

१२ असोज, काठमाडौं। बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौँ उपत्यकामा ३४ जनाको मृत्यु भएको छ। हालसम्म ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँचजनाको मृत्यु भएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन्। बाढीपहिरो तथा डुबानमा परेका एक हजार ३१५ जनाको उद्धार गरिएको उनले बताए।

बाढीपहिरोबाट काठमाडौँमा चारवटा घर भत्किएका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ। काठमाडौँमा एक हजार ३२४, ललितपुरमा पाँच सय र भक्तपुरमा ४१७ गरी उपत्यकामा दुई हजार २४१ घर डुबानमा परेका छन्।

विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा एक हजार एक सय र भक्तपुरमा ३५० प्रहरी खटिइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्