Trending
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     दक्षिण कोरियाली उम हङ गिल फाउन्डेसनले नेपालका बाढीपीडितलाई सहयोग गर्ने     |     सुरक्षाकर्मीको त्याग र साहसप्रति सरकारको उच्च सम्मान: प्रधानमन्त्री शाह     |     एसिसी प्रिमियर मेन्स कपमा नेपालको लगातार तेस्रो जित, सेमिफाइनल प्रवेश     |     न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित     |     पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द     |     पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार–२०८३ तथा पर्यटन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान     |     त्रिशूली–३ बी सुरुङ: ४२६ मिटर भित्र पुगे उद्धारकर्मी     |     भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |    
विज्ञान र प्रविधि

एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज

२८ भाद्र २०८२, शनिबार १६:२४

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले मंगलबार आयोजित ‘अ ड्रपिङ’ नामक विशेष कार्यक्रममा आफ्नो बहुप्रतीक्षित आईफोन १७ सिरिज सार्वजनिक गरेको छ। यसअन्तर्गत आईफोन १७, आईफोन १७ प्रो, आईफोन १७ प्रो म्याक्स र आईफोन एयर गरी चार मोडल बजारमा ल्याइएका छन्।

यस वर्षको मुख्य आकर्षण भनेको आईफोन १७ को आधारभूत संस्करणमा गरिएको परिवर्तन हो। अघिल्लो पुस्ताभन्दा केही महँगो भए पनि अब यसमा न्यूनतम २५६ जीबी स्टोरेज पाइनेछ, जुन आईफोन १६ को तुलनामा दोब्बर हो।

यी मोडलहरू सेप्टेम्बर १२ देखि भारतलगायत विभिन्न देशमा प्रि-अर्डरका लागि खुला हुनेछन् भने सेप्टेम्बर १९ देखि बिक्रीमा आउनेछन्। यसपटक सबै मोडलमा मूल्य वृद्धि गरिएको छ। भारतमा आईफोन १७ को सुरुवाती मूल्य भारु ८२ हजार ९०० (नेरु करिब १ लाख ३२ हजार ६४०) तोकिएको छ। आईफोन १७ प्रोको मूल्य भारु १ लाख ३४ हजार ९०० (नेरु करिब २ लाख १५ हजार ८४०) र प्रो म्याक्सको मूल्य भारु १ लाख ४९ हजार ९०० (नेरु करिब २ लाख ३९ हजार ८४०) बाट सुरू हुनेछ।

विदेशबाट आईफोन किन्ने बेलामा ध्यान दिनुपर्ने कुरा

सिम स्लट: अमेरिकी संस्करणमा केवल ई-सिम मात्र हुने भएकाले त्यहाँबाट खरिद गर्दा नेपालमा प्रयोग गर्न असहज हुन सक्छ। नेपाल र भारतमा बिक्री हुने संस्करणमा भने नानो-सिम र ई-सिम दुवै विकल्प उपलब्ध हुन्छन्।

क्यारियर लक: केही देशका फोनहरू निश्चित टेलिकम प्रदायकमा मात्र काम गर्ने गरी ‘लक’ गरिएका हुन्छन्। नेपालमा प्रयोग गर्न ‘फ्याक्ट्री अनलक’ मोडल लिनु उपयुक्त हुन्छ।

वारेन्टी: सबै आईफोनमा ‘ग्लोबल वारेन्टी’ हुने भएकाले नेपालमै आधिकारिक सर्भिस सेन्टरमार्फत सेवा लिन सकिन्छ। अन्य मुलुकमा मूल्य तुलनात्मक रूपमा सस्तो पर्छ।

आईफोन १७ (बेस मोडल):
अमेरिका: करिब भारु ७० हजार ५०० (नेरु १ लाख १२ हजार ८००)
क्यानडा: करिब भारु ७२ हजार ५०० (नेरु १ लाख १६ हजार)

आईफोन १७ प्रो:
अमेरिका: करिब भारु ९७ हजार (नेरु १ लाख ५५ हजार २००)
क्यानडा: करिब भारु १ लाख १ हजार ९०० (नेरु १ लाख ६३ हजार ४०)
हङकङ: करिब भारु १ लाख ४ हजार (नेरु १ लाख ६६ हजार ४००)

आईफोन १७ प्रो म्याक्स:
अमेरिका: करिब भारु १ लाख ५ हजार ८०० (नेरु १ लाख ६९ हजार २८०)
क्यानडा: करिब भारु १ लाख १४ हजार ४०० (नेरु १ लाख ८३ हजार ०४०)
हङकङ: करिब भारु १ लाख १२ हजार ८०० (नेरु १ लाख ८० हजार ४८०)

प्रतिक्रिया दिनुहोस्