Trending
चक्रवात ‘अर्नब’का कारण तीन दिन वर्षा र हिमपातको सम्भावना     |     रास्वपासँगको एकता भङ्ग हुनु राजनीतिक अपराध हो: कुलमान घिसिङ     |     काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार     |     चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी     |     सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित     |     वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता     |     एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित     |     एभरेस्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६ करोड ३६ लाख भुक्तानी     |     रास्वपाका २० सांसद चीन जाँदै, महामन्त्री आचार्यले नेतृत्व गर्ने     |     त्रिभुवन विमानस्थलबाट १४ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ     |    
वातावरण

बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ जनाको मृत्यु

१४ आश्विन २०८१, सोमबार ०२:४६

१४ असोज,काठमाडौँ। अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका हुन् ।

गृहमन्त्रालयको आज बिहानको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशका अन्य जिल्लामा ८५, कोशीमा २१ र मधेशमा तीन जनाको मृत्यु भएको छ ।

बेपत्ता हुनेहरूमा उपत्यकाका २०, बागमतीका ११, कोशीका ७, लुम्बिनीका २ र मधेशका एक जना रहेका छन् । यस्तै ४५ जना घाइतेको उपचार भइरहेको छ । देशभर १३२७ घरमा क्षति पुगेको छ भने राजमार्ग तथा सडकका १९ सडकमा भत्किएका छन् ।

बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए । बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्