Trending
नरबहादुर खड्का (नरेश)ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी, सातबुँदे प्रतिबद्धता सार्वजनिक     |     घेरा तोड्दै रामेछापबाट उदाइन् विनिता खड्का     |     लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान जोगाउन मन्त्री पोखरेलको निर्देशन     |     प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, डिजिटल शासनदेखि विपद् व्यवस्थापनसम्म     |     कानुन सुधारसँगै विकास र लगानीलाई गति दिन्छौँ : मन्त्री लम्साल     |     वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै     |     कर्णालीको मनमोहक दृश्यमा ‘साँची राखी माया मेरो’ सार्वजनिक     |     मतभेद बिर्सेर पार्टीलाई एकताका साथ अघि बढाऔँ : अध्यक्ष ओली     |     विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधनको तयारी     |     भोटेकोसी–त्रिशूली विपद् समिति सभापतिमा पराजुलीले लिए शपथ     |    
समाचार

एसिया सम्मेलनमा उपेन्द्र यादवले भने,- ‘पर्यावरण, युद्ध र प्राकृतिक संकटको सामना गर्न साझा प्रतिबद्धता चाहिन्छ’

१६ श्रावण २०८१, बुधबार १५:०२

फिलिपिन्स १६, असार। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले युद्ध, पर्यावरण र प्राकृतिक विपद जस्ता विश्वव्यापी संकटको सामना गर्न एसियाली देशहरुबीच साझा नीति र प्रतिबद्धता आवश्यक रहेको बताएका छन।

फिलिपिन्सको राजधानी मनिलामा बुधबार ग्लोबल लीडरको प्यानल सत्रमा बोल्दै अध्यक्ष यादवले एसियाली देशहरुको बीचमा साझा कार्यक्रम, नीति र प्रतिबद्धता नभएसम्म विश्वस्तरका संकटहरुको सामना गर्न नसकिने बताएका हुन।

सम्मेलनको अन्तिम दिन ग्लोबल लीडर प्यानललाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने,- ‘सामाजिक न्याय र मानवअधिकार संरक्षणको हकमा विभेदमा पारिएका जनता नै संकटको भुमरीमा परेका हुन्छन। त्यसका लागि पनि एसियाली देशहरुबीच साझा कार्यक्रम र नीति बन्न जरुरी छ।’

अध्यक्ष यादवले प्रोग्रेसिभ एलाइन्सको ग्लोबल कन्फेरेन्समा ‘वर्किङ फर अ न्यू प्रोग्रेसिभ एरा’ बिषयक कार्यपत्र प्रस्तुत गरी लीडर सम्मेलनलाई सम्बोधन गरेका छन।

एसियाली प्रजातान्त्रिक पार्टीहरुको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई २९ तारिखदेखि आयोजित ग्लोबल लीडरको सम्मेलनमा भाग लिन अध्यक्ष यादव गत असार १३ गते मनिला प्रस्थान गरेका थिए ।

उक्त सम्मेलनमा एसियाको ४१ देशमा प्रतिनिधि नेताहरु सहभागी थिए । जुलाई २९ तारीखदेखि सुरु भएको सो सम्मेलन आज सम्पन्न भएको छ।

जनता समाजवादी पार्टी नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटिको सदस्य रहेको छ । अध्यक्ष यादव भोलि बिहिबार राति १०.३० बजे मलेसिया एयरलाइन्सको विमानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्