Trending
कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी     |     सर्वोच्च अदालतमा नियुक्तिका लागि चार न्यायाधीश सिफारिस     |     कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त     |     दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे     |     दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश     |     कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता     |     नरबहादुर खड्का (नरेश)ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी, सातबुँदे प्रतिबद्धता सार्वजनिक     |     घेरा तोड्दै रामेछापबाट उदाइन् विनिता खड्का     |     लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान जोगाउन मन्त्री पोखरेलको निर्देशन     |     प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, डिजिटल शासनदेखि विपद् व्यवस्थापनसम्म     |    
विज्ञान र प्रविधि

इन-ड्राइभ चालकहरूको लागि आइएमई पेको नयाँ योजना

१२ मंसिर २०८१, बुधबार ०२:४४

१२ असोज,काठमाडौं। डिजिटल वालेट आइएमई पेले राइड सेयरिङ एप इन–ड्राइभका चालकहरूको लागि ‘५ मा १००–इन–ड्राइभको पुरै कमिसन फिर्ता’ नामक नयाँ योजना सार्वजनिक गरेको छ ।

यो योजना विशेष रूपमा इनड्राइभ चालक र तिनका सेवाग्राहीलाई आईएमई पे एपमा उपलब्ध विभिन्न डिजिटल भुक्तानी सेवाबारे सचेतना जगाउन सार्वजनिक गरिएको हो ।

९ मंसिरदेखि ९ फागुनसम्म ३ महिनाका लागि चल्ने योजनामा आईएमई पे एपबाट इनड्राइभ एपमा टप-अप गर्ने चालकले आईएमई पे एपको तोकिएका कारोबार वा भुक्तानी गरेर आफूले इनड्राइभलाई तिर्नु पर्ने कमिसन १०० प्रतिशत फिर्ता पाउना सक्नेछन् । साथै तोकिएको कारोबार वा भुक्तानी गरे बापत १ सय रुपैयाँसम्म अधिकतम बोनस पनि जित्ने मौका रहेको छ ।

साथै तोकिएको कारोबार वा भुक्तानीहरू गरे बापत १०० रुपैयाँसम्म अधिकतम बोनस पनि जित्ने मौका रहेको छ । चालकहरूले योजना अन्तर्गतको कमिसन प्राप्त गर्न निम्न ५ वटा कार्य वा भुक्तानी गर्नुपर्ने हुन्छ ।

१. नयाँ ग्राहकहरूलाई आफ्नो रेफेरल कोड दिएर आइएमई पे एपमा साइन–इन गराए बापत ७५ रुपैयाँसम्म बोनस

२. यात्राको भुक्तानी क्युआर वा वालेट ट्रान्सफरमार्फत आफ्नै आइएमई पे एपमा लिँदा १० रुपैयाँ बोनस (प्रति दिन)

३. डाटा प्याक आफ्नै आइएमई पे एपबाट किन्दा १० रुपैयाँ बोनस (प्रति दिन)

४. भ्वाइस प्याक आफ्नै आइएमई पे एपबाट किन्दा १० रुपैयाँ बोनस (प्रति दिन)

५. मोबाइल रिचार्ज आफ्नै आइएमई पे एपबाट गर्दा १० रुपैयाँ बोनस (प्रति दिन)

प्रतिक्रिया दिनुहोस्