Trending
चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |     साफ महिला यू- १९ च्याम्पियनसिपको तयारी पूरा     |     रेशम चौधरी उम्मेदवार बन्न नपाउने     |     एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ सार्वजनिक     |     शीर्ष स्थानको आर्सनल म्यानचेस्टर युनाइटेडसँग पराजित     |     महिला टी-२० विश्वकप छनोट : जित्नैपर्ने दबाबका साथ स्कटल्यान्डको सामना गर्दै नेपाल     |     क्रिस्टल प्यालेसमाथि चेल्सीको शानदार जित     |     रियलको रोमाञ्चक जित     |     किराँत मिथमा आधारित नाटक ‘ए थिबेउ’ शिल्पी थिएटरमा     |    
विज्ञान र प्रविधि

इन-ड्राइभ चालकहरूको लागि आइएमई पेको नयाँ योजना

१२ मंसिर २०८१, बुधबार ०२:४४

१२ असोज,काठमाडौं। डिजिटल वालेट आइएमई पेले राइड सेयरिङ एप इन–ड्राइभका चालकहरूको लागि ‘५ मा १००–इन–ड्राइभको पुरै कमिसन फिर्ता’ नामक नयाँ योजना सार्वजनिक गरेको छ ।

यो योजना विशेष रूपमा इनड्राइभ चालक र तिनका सेवाग्राहीलाई आईएमई पे एपमा उपलब्ध विभिन्न डिजिटल भुक्तानी सेवाबारे सचेतना जगाउन सार्वजनिक गरिएको हो ।

९ मंसिरदेखि ९ फागुनसम्म ३ महिनाका लागि चल्ने योजनामा आईएमई पे एपबाट इनड्राइभ एपमा टप-अप गर्ने चालकले आईएमई पे एपको तोकिएका कारोबार वा भुक्तानी गरेर आफूले इनड्राइभलाई तिर्नु पर्ने कमिसन १०० प्रतिशत फिर्ता पाउना सक्नेछन् । साथै तोकिएको कारोबार वा भुक्तानी गरे बापत १ सय रुपैयाँसम्म अधिकतम बोनस पनि जित्ने मौका रहेको छ ।

साथै तोकिएको कारोबार वा भुक्तानीहरू गरे बापत १०० रुपैयाँसम्म अधिकतम बोनस पनि जित्ने मौका रहेको छ । चालकहरूले योजना अन्तर्गतको कमिसन प्राप्त गर्न निम्न ५ वटा कार्य वा भुक्तानी गर्नुपर्ने हुन्छ ।

१. नयाँ ग्राहकहरूलाई आफ्नो रेफेरल कोड दिएर आइएमई पे एपमा साइन–इन गराए बापत ७५ रुपैयाँसम्म बोनस

२. यात्राको भुक्तानी क्युआर वा वालेट ट्रान्सफरमार्फत आफ्नै आइएमई पे एपमा लिँदा १० रुपैयाँ बोनस (प्रति दिन)

३. डाटा प्याक आफ्नै आइएमई पे एपबाट किन्दा १० रुपैयाँ बोनस (प्रति दिन)

४. भ्वाइस प्याक आफ्नै आइएमई पे एपबाट किन्दा १० रुपैयाँ बोनस (प्रति दिन)

५. मोबाइल रिचार्ज आफ्नै आइएमई पे एपबाट गर्दा १० रुपैयाँ बोनस (प्रति दिन)

प्रतिक्रिया दिनुहोस्