Trending
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ     |     इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण     |     यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली     |     ‘मिरमिरे’को शीर्ष गीतमा प्रकाश र सिर्जनाको छमछमी     |     जनमत, लोसपाका नेता सहित स्वतन्त्र अभियन्ताहरु समेत आजपामा प्रवेश गरे     |     टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न     |     भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप     |     प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट     |     बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा     |     निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह     |    
समाचार

कामचोर मलाई मन पर्दैन, ढाँट्ने बानी पनि मन पर्दैन: मन्त्री गुरुङ

३० भाद्र २०८१, आईतवार १२:३५

३० भदौ, काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उपलब्धि हाँसिल गर्ने कुरामा सधैँ पहिलो हुनेगरी काम गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

आईतवार मन्त्रालयका सचिव लगायत अन्य कर्मचारीहरुसँग कार्य सम्पादन सम्झौता गर्दै उनले सधैँ पहिलो हुनेगरी काम गर्न निर्देशन दिए । सञ्चार मन्त्रालयलाई २२ मन्त्रायलहरुमध्ये दोस्रो हुने छुट नरहेको बताए।

उनले हरेक कुरामा विशिष्ट श्रेणी ल्याएर टप अफ द टबल हुनुपर्ने भन्दै काममा इमान्दारितापूर्वक लाग्न आग्रह गरेका छन। उनले सबै मिलेर काम गर्दा असफल नभइने बताए। काममा ठग्ने र ढाँट्नेहरु आफूलाई मन नपर्ने भन्दै इमानपूर्वक काम गर्नेलाई सुझाव दिनका लागि आफ्नो ढोका सदैव खुला रहने पनि बताए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय उदाहरणीय मन्त्रालय बन्नेगरी काम गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्