Trending
इरानसँग नेपाल पराजित     |     तिहारमा पनि डोल्पामा वार्षिक परीक्षा सञ्चालन     |     काभा भलिबलमा नेपालको जित     |     रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते     |     जुम्लामा बिजुली सर्टका कारण आगलागी     |     दोस्रो दिन पनि हाउसफुलका साथ ‘वरिष्ठ बलराम’     |     ट्रम्पद्वारा क्यानडासँगको व्यापार वार्ता अन्त्यको घोषणा     |     आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु     |     त्रिदेशीय मैत्रीपूर्ण फुटबल : नेपालले इरानसँग खेल्दै     |     हलमा ‘वरिष्ठ बलराम’, दर्शकले भने– माटो सुहाउँदो स्टोरी     |    
समाचार

१६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन गर्न निर्वाचन आयोगको सुझाव

३० भाद्र २०८१, आईतवार १३:२९

३० भदौ, काठमाडौँ। निर्वाचन आयोगले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ ।

आइतबार आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न प्रस्ताव गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार तीन पालिका प्रमुखसहित ३९ पद रिक्त छ । काठमाडौंको कीर्तिपुर नगपालिका तथा मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रित्त छ । दोलखाका गौरीशंगर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि रित्त छ ।

रुकुम पुर्वको पुथा गाउँपालिककी उपप्रमुख भुपेन्द्र बुढाको शुक्रबार मात्र सवारी दुर्घटनामा निधन भएको छ । पद रिक्त भएको औपचारिक जानकारी आए त्यहाँ पनि मंसिर १६ मै उपचुनाव गर्न सकिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस्