Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
समाचार

श्रममन्त्री भण्डारी र रोमानीयाको राजदूतबीच भेटवार्ता

३१ भाद्र २०८१, सोमबार ०४:१४

३१ भदौ, काठमाडौँ। नेपालको लागि रोमानीयाको राजदूत डानियला सेजोनोभ तानले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीसँग भेटवार्ता गरेका छन्।

नेपाल र रोमानीया बीच भएको श्रम सम्झौताको कार्यान्वयन तथा विभिन्न एजेन्टबाट भएका ठगी नियन्त्रणका सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटवार्ताका सम्बन्धमा सन् २०२४ जनवरी देखी रोमानीयामा करिब १९ हजार भन्दा बढि नेपालीलाई श्रमिक भिषा उपलव्ध गराइएको जानकारी दिएको मन्त्रालयबाट जारी प्रेस विज्ञप्तीमा उल्लेख छ। नेपाल सरकार र रोमानीया सरकार बीच गत वर्ष असोजमा श्रम सम्झौता कार्यान्वयन भए पनि श्रमिक औपचारिक तवरले रोमानीयामा जान सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्