Trending
घेरा तोड्दै रामेछापबाट उदाइन् विनिता खड्का     |     लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान जोगाउन मन्त्री पोखरेलको निर्देशन     |     प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, डिजिटल शासनदेखि विपद् व्यवस्थापनसम्म     |     कानुन सुधारसँगै विकास र लगानीलाई गति दिन्छौँ : मन्त्री लम्साल     |     वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै     |     कर्णालीको मनमोहक दृश्यमा ‘साँची राखी माया मेरो’ सार्वजनिक     |     मतभेद बिर्सेर पार्टीलाई एकताका साथ अघि बढाऔँ : अध्यक्ष ओली     |     विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधनको तयारी     |     भोटेकोसी–त्रिशूली विपद् समिति सभापतिमा पराजुलीले लिए शपथ     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो     |    
विज्ञान र प्रविधि

एक्सपेंग मोटर्स अब पोखरामा

२० मंसिर २०८१, बिहीबार १४:४८

काठमाडौँ। सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेंगको पोखरामा लञ्च गरेको छ । सीजी मोटर्सले अटोवेज प्रा.लि.लाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा गरेको हो।

कार्यक्रममा अटोवेजका अध्यक्ष नारायण प्रसाद पौडेलले एक्स्पेङ ब्रान्डको परिचय गराए । साथै, सीजी मोटर्सका सीईओ/निर्देशक हेमन्त अग्रवालले कार्यक्रमको क्रममा सीजी मोटर्सका उपलब्धिहरू र अटोवेजसँगको सहकार्यको चर्चा गर्नुका साथै भविष्यका योजनाहरू प्रस्तुत गरे ।

क्रममा सीजी मोटर्सका उपलब्धिहरू र अटोवेजसँगको सहकार्य तथा आगामी योजनाहरू प्रस्तुत गरे। अटोवेज प्रालिले पहिलो चरणका ग्राहकलाई ५ वटा जी–६ एसयुभी पनि हस्तान्तरण गरेको छ।

यस कार्यक्रममा एक्सपेंगको नयाँ जी–६ मोडल प्रस्तुत गरिएको थियो, जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ।जी–६ ले विश्वकै उच्च सुरक्षा परीक्षणमा पाँच स्टार रेटिङ प्राप्त गरेको छ।

यस लञ्च कार्यक्रममा एक्सपेंगको नयाँ जी६ मोडल प्रस्तुत गरिएको थियो । सीजी मोटर्सले हालसालै बागडोलमा आफ्नो अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको थियो । साथ साथै सीजी मोटर्सले २४/७ सडक सहायताका लागि हटलाइन नम्बर +९७७ ९७०७०९४२०७ मार्फत प्रदान गरिने सीजी केयर्स सेवा पनि प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस्