Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
समाचार

धार्मिक गन्तव्यस्थल बन्दै छाब्दीवाराही मन्दिर

३१ भाद्र २०८१, सोमबार ०४:४२

३१ भदौ, तनहुँ। व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिरमा एक वर्ष अवधिमा पाँच लाख बढी भक्तजनले पूजाआजा गरेका छन् ।

छाब्दीवाराही विकास कोषको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा पाँच लाख बढी भक्तजनले मन्दिरमा पूजाआजाका साथै भ्रमण गरेका छन् ।

एक वर्ष अवधिमा ६५ जिल्लाबाट भक्तजन छाब्दीवाराही आएको विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए । उनले भने, “कोषको तथ्याङ्क अनुसार पाँच लाख बढी भक्तजन यहाँ आएका छन्, ६५ जिल्लाबाट भक्तजनको आगमन भएको छ ।”

छाब्दीवाराही मन्दिरमा पूजाआजा गर्दा मनले चिताएको पूरा हुने धार्मिक विश्वासका साथ यहाँ भक्तजन आउने गरेको थापाको भनाइ छ । मन्दिर हालै पुनर्निर्माण गरी आकर्षक बनाइएको छ । गण्डकी प्रदेश सरकारको रु २४ लाख आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोष रु ४६ लाख गरी रु ७० लाखको लागतमा मन्दिरको पुनर्निर्माण गरिएको छ ।

साउन महिना पूरै र प्रत्येक महिनाको एक दिन औंसी र दुई दिन एकादशीका दिन मन्दिरमा पूजाआजा बन्द हुने गरेको छ । छाब्दीवाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेकी जनविश्वास गरिन्छ । मन्दिर बाहिर खोलामा पनि हजारौँ माछा छन् । छाब्दी कुण्डमा स्नान गरी उपवासपूर्वक पूजा गरेमा सबै खाले पापबाट मुक्त भइन्छ र मनोकामना पूरा हुने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस्