Trending
बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |    
कला र मनोरन्जन

वैवाहिक बन्धनमा बाँधिइन् प्रचण्डकी नातिनी स्मिता

२१ मंसिर २०८१, शुक्रबार ११:३७

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी गायिका स्मिता दाहाल विवाह बन्धनमा बाँधिएकी छिन् ।

शुक्रबार वैवाहिक जीवनमा बाँधिएकी गायिका स्मिता दाहाललाई बधाई दिन नेतादेखि कलाकारसम्म पुगेका छन्। काठमाडौं मुलपानीस्थित ग्राण्ड नर्लिङ रिसोर्टमा स्मिताले प्रेमी सायुज्य श्रेष्ठसँग लगनगाँठो कसेकी छन्।

आयोजित समारोहमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका उप–महासचिव जनार्दन शर्मा लगायत पुगेका छन्।

वैवाहिक समारोहमा कलाकारहरु हरिवंश आचार्य, किरण केसी, शिव श्रेष्ठ, जितु नेपाल, केदार घिमिरेलगायतका साथै परिवारका सदस्य र आफन्तहरुको सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्