Trending
बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |    
समाचार

पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समिति वाग्लेको नेतृत्वमा सर्वसम्मत

२४ मंसिर २०८१, सोमबार १५:०६

२४ मंसिर, काठमाडौं। नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिमा कार्य समिति नै निर्विरोध भएका छन् ।

सबै पदमा एकल उम्मेदवार परेकाले रमेश वाग्लेको नेतृत्वमा निर्विरोध कार्य समिति चयन भएको हो । प्रतिष्ठानको उपाध्यक्षमा बेञ्जु सुवेदी, महिला उपाध्यक्षमा पवित्रा गुरागाइँ, महासचिवमा रामचन्द्र अर्याल (आरसी), खुला सचिवमा बरकत अलि मियाँ (राजु), समावेशी सचिवमा रमेश टमट्टा र कोषाध्यक्षमा तुलसीमाया सापकोटा निर्विरोध भएका छन् ।

यस्तै खुला सचिवमा बरकत अलि मियाँ (राजु), समावेशी सचिवमा रमेश टमट्टा र कोषाध्यक्षमा तुलसीमाया सापकोटाको मात्रै उम्मेदवारी परेको हो।

सदस्यहरुमा संगेव बस्नेत, हरिकृष्ण न्यौपाने, अनन्त चालिसे, भीमनिधि अधिकारी, राजाराम बोहरा, राजेन्द्र पोखरेल, महिला सदस्यमा लक्ष्मी न्यौपाने, नुनुता राई र सुशीला बस्नेत सर्वसहमत भएका हुन्।

प्रतिक्रिया दिनुहोस्