Trending
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक     |     अन्डर-१९ एसिया कपमा भारतले रच्यो इतिहास     |     एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने     |     आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य     |     नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा     |     काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा     |     काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य     |     एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै     |     ‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा     |     एनपिएलमा ३६ अर्धशतक     |    
समाचार

आइफोन विक्रीमा रहेको भनेर झुटो विज्ञापन राखेर ठग्ने ३ जना पक्राउ

२४ मंसिर २०८१, सोमबार १५:१९

२४ मंसिर, काठमाडौं। सामाजिक सञ्जाल (फेसबुक)मा सस्तोमा आइफोन विक्रीमा रहेको भनेर झुटो विज्ञापन राखेर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा झापाको बिर्तामोड नगरपालिका–३ घर भएका २१ वर्षीय अजित भण्डारी, गोरखाको सिरानचोक गाउँपालिका–५ घर भएका १९ वर्षीय विपिन मगराती र नुवाकोटको म्यागङ गाउँपालिका–२ कि २१ वर्षीया मधु तामाङ छन् ।

फेसबुकमा विज्ञापन गरेर उनीहरुले क्युआरमा एडभान्स बापत रकम पठाउन लगाएर आइफोन डेलिभरी नगरीकन सम्पर्कविहीन हुने गरेका थिए । उनीहरूलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्