Trending
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |    
कला र मनोरन्जन

फिल्म ‘मिसिङः केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक

४ माघ २०८१, शुक्रबार १०:०१

काठमाडौं। आगामी माघ ११ गतेदेखि रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’ले नयाँ ट्रेलर ल्याएको छ । १ मिनेट ५६ सेकेण्डको नयाँ ट्रेलर फिल्मका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेम र उतारचढापका विषयवस्तु छन् ।

दीपेन्द्र गौचन निर्देशित फिल्म ‘केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । अंग्रेजी शीर्षक ‘मिसिङ’ दिइएको ट्रेलर शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ ।

पहाडी मूलकी युवतीलाई मधेशी मूलका युवकले कोठामा बन्धक बनाएर राखेको दृश्यबाट ट्रेलर सुरु हुन्छ । उक्त युवकले तराईमा बस्ने नेपाली समुदायलाई अझै पनि भारतीयका रुपमा चित्रण गर्ने गरेको गुनासो ट्रेलरमा गरेको छ । मिथिला संस्कृति पनि चित्रित छ ।

फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मूल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

प्रतिक्रिया दिनुहोस्