Trending
चक्रवात ‘अर्नब’का कारण तीन दिन वर्षा र हिमपातको सम्भावना     |     रास्वपासँगको एकता भङ्ग हुनु राजनीतिक अपराध हो: कुलमान घिसिङ     |     काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार     |     चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी     |     सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित     |     वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता     |     एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित     |     एभरेस्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६ करोड ३६ लाख भुक्तानी     |     रास्वपाका २० सांसद चीन जाँदै, महामन्त्री आचार्यले नेतृत्व गर्ने     |     त्रिभुवन विमानस्थलबाट १४ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ     |    
कला र मनोरन्जन

फिल्म ‘मिसिङः केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक

४ माघ २०८१, शुक्रबार १०:०१

काठमाडौं। आगामी माघ ११ गतेदेखि रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’ले नयाँ ट्रेलर ल्याएको छ । १ मिनेट ५६ सेकेण्डको नयाँ ट्रेलर फिल्मका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेम र उतारचढापका विषयवस्तु छन् ।

दीपेन्द्र गौचन निर्देशित फिल्म ‘केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । अंग्रेजी शीर्षक ‘मिसिङ’ दिइएको ट्रेलर शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ ।

पहाडी मूलकी युवतीलाई मधेशी मूलका युवकले कोठामा बन्धक बनाएर राखेको दृश्यबाट ट्रेलर सुरु हुन्छ । उक्त युवकले तराईमा बस्ने नेपाली समुदायलाई अझै पनि भारतीयका रुपमा चित्रण गर्ने गरेको गुनासो ट्रेलरमा गरेको छ । मिथिला संस्कृति पनि चित्रित छ ।

फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मूल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

प्रतिक्रिया दिनुहोस्