Trending
राहदानी सेवा दुई दिन बन्द हुने     |     गोविन्द कार्की मुख्यसचिव नियुक्त     |     काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त     |     एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति     |     कवाड बोकेका ट्रक नियन्त्रणपछि केही छुटाइए, व्यवसायीको प्रश्न-बिचौलियामाथि कारबाही कहिले?     |     पत्रकार विनोदबाबु रिजालको कथासङ्ग्रह ‘नैबेद’ सार्वजनिक     |     मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा     |     ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश     |     राहदानी सेवा केही दिन स्थगित     |     काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स     |    
समाचार

राष्ट्रपति बनेको पहिलो दिन रुस–युक्रेन युद्ध रोक्ने दाबीमा ट्रम्पले के भने ?

११ माघ २०८१, शुक्रबार ०३:३९

११ माघ, एजेन्सी। डोनाल्ड ट्रम्प जनवरी २० मा अमेरिकाको ४७ औँ राष्ट्रपति बनेका छन् । राष्ट्रपति बनको पहिलो दिन नै रुस–युक्रेन युद्ध रोक्छु भन्ने आफ्नो पुरानो दाबीमाथि प्रतिक्रिया दिएका छन् ।

‘आधा दिन मात्र बित्यो । मसँग अझै आधा दिन बाँकी छ । के हुन्छ हेरौँ न ।’ राष्ट्रपति कार्यालयमा पत्रकारहरूले ट्रम्पलाई यस विषयमा प्रश्न गर्दा उनले भनेका थिए ।

ट्रम्पले केही आदेशमा हस्ताक्षर गरेपछि ओभल अफिसमा पत्रकारहरूको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । यस क्रममा उनलाई युक्रेन युद्धबारे सोधिएको थियो र यो द्वन्द्वमा चीनले के योगदान दिन सक्छ भन्ने बारेमा पनि सोधिएको थियो । जवाफमा ट्रम्पले चीनको बारेमा भने, ‘रुसमाथि उसको धेरै प्रभाव छ । रूसले चीनलाई ऊर्जा आपूर्ति गर्छ र मैले सुनेको छु कि पुटिन मसँग भेट्न चाहन्छन् ।’

‘यो युद्धलाई अन्त्य गर्नु नै राम्रो हुनेछ, यो बेकारको युद्ध हो ।’ अझ अगाडि उनले भने । यदि भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध समाप्त गरेनन् भने, उनले रुसमाथि कडा प्रतिबन्ध लगाउने ट्रम्पले हालै चेतावनी दिएका थिए । युद्ध अन्त्य गर्न दबाब दिएर पुटिनमाथि उल्टै कृपा गरिरहेका पनि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्