Trending
नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |     तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए     |     पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |    
कला र मनोरन्जन

सैफका छोरा इब्राहिमलाई करण जोहरले लन्च गर्दै

१७ माघ २०८१, बिहीबार ०५:३१

काठमाडौँ। करण जोहर बलिउड फिल्म क्षेत्रका चर्चित निर्माता तथा निर्देशक हुन्।

यसपटक उनी सैफ अली खानका छोरा इब्राहिम अली खानमाथि बाजी लगाएका छन् । उनले आफैंले आफ्नो सामाजिक सञ्जाल पोस्ट मार्फत इब्राहिमलाई बलिवुडमा लन्च गर्ने घोषणा गरेका छन् ।

करण जोहरले इब्राहिमका धेरै तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गर्दै लामो नोट लेखेका छन् र उनको डेब्यूको बारेमा जानकारी दिएका छन् । पोस्टमा करणले लेखेका छन्- ‘म १२ वर्षको हुँदा पहिलो पटक अमृता (इब्राहिमकी आमा) लाई भेटेको थिएँ । त्यतिबेला उनी मेरो बुबासँग फिल्म दुनियामा काम गरिरहेकी थिइन् । मलाई याद छ, उनको ऊर्जा र क्यामेरामाथिको पकड दुवै धेरै बलियो थियो ।’

करणले अगाडि लेखेका छन्- ‘मैले पहिलो पटक सैफलाई अन्जु महेन्द्रुको कार्यालयमा भेटेको थिएँ । ऊ यति जवान र सुन्दर थियो, ठ्याक्कै त्यस्तै जब मैले उसको छोरा इब्राहिमलाई पहिलो पटक भेटेको थिएँ । यसरी हाम्रो मित्रता धेरै पुस्तादेखि कायम छ र भाग्यवश यो हाम्रा बच्चाहरूमाझ पनि जारी छ ।’

इब्राहिम सैफ र उनकी पूर्व पत्नी तथा अभिनेत्री अमृता सिंहका छोरा हुन्। सारा अली खान इब्राहिमकी दिदी हुन्। साराले बलिउडमा प्रवेश गरेर आफ्नो ठाउँ बनाइसकेकी छन्।  इब्राहिम आफ्ना बुवा सैफ जस्तै देखिन्छन्। सामाजिक सञ्जालमा बेलाबेला जवान सैफका तस्बिरसँग इब्राहिमको तस्बिर राखेर उनीहरूको समान अनुहारको चर्चा पनि हुन्छ।

प्रतिक्रिया दिनुहोस्