Trending
कांग्रेसको १५औँ महाधिवेशन : विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्विरोध निर्वाचित     |     कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी     |     सर्वोच्च अदालतमा नियुक्तिका लागि चार न्यायाधीश सिफारिस     |     कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त     |     दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे     |     दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश     |     कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता     |     नरबहादुर खड्का (नरेश)ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी, सातबुँदे प्रतिबद्धता सार्वजनिक     |     घेरा तोड्दै रामेछापबाट उदाइन् विनिता खड्का     |     लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान जोगाउन मन्त्री पोखरेलको निर्देशन     |    
कला र मनोरन्जन

सैफका छोरा इब्राहिमलाई करण जोहरले लन्च गर्दै

१७ माघ २०८१, बिहीबार ०५:३१

काठमाडौँ। करण जोहर बलिउड फिल्म क्षेत्रका चर्चित निर्माता तथा निर्देशक हुन्।

यसपटक उनी सैफ अली खानका छोरा इब्राहिम अली खानमाथि बाजी लगाएका छन् । उनले आफैंले आफ्नो सामाजिक सञ्जाल पोस्ट मार्फत इब्राहिमलाई बलिवुडमा लन्च गर्ने घोषणा गरेका छन् ।

करण जोहरले इब्राहिमका धेरै तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गर्दै लामो नोट लेखेका छन् र उनको डेब्यूको बारेमा जानकारी दिएका छन् । पोस्टमा करणले लेखेका छन्- ‘म १२ वर्षको हुँदा पहिलो पटक अमृता (इब्राहिमकी आमा) लाई भेटेको थिएँ । त्यतिबेला उनी मेरो बुबासँग फिल्म दुनियामा काम गरिरहेकी थिइन् । मलाई याद छ, उनको ऊर्जा र क्यामेरामाथिको पकड दुवै धेरै बलियो थियो ।’

करणले अगाडि लेखेका छन्- ‘मैले पहिलो पटक सैफलाई अन्जु महेन्द्रुको कार्यालयमा भेटेको थिएँ । ऊ यति जवान र सुन्दर थियो, ठ्याक्कै त्यस्तै जब मैले उसको छोरा इब्राहिमलाई पहिलो पटक भेटेको थिएँ । यसरी हाम्रो मित्रता धेरै पुस्तादेखि कायम छ र भाग्यवश यो हाम्रा बच्चाहरूमाझ पनि जारी छ ।’

इब्राहिम सैफ र उनकी पूर्व पत्नी तथा अभिनेत्री अमृता सिंहका छोरा हुन्। सारा अली खान इब्राहिमकी दिदी हुन्। साराले बलिउडमा प्रवेश गरेर आफ्नो ठाउँ बनाइसकेकी छन्।  इब्राहिम आफ्ना बुवा सैफ जस्तै देखिन्छन्। सामाजिक सञ्जालमा बेलाबेला जवान सैफका तस्बिरसँग इब्राहिमको तस्बिर राखेर उनीहरूको समान अनुहारको चर्चा पनि हुन्छ।

प्रतिक्रिया दिनुहोस्