Trending
बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |    
कला र मनोरन्जन

डिभोर्सबारे एलिना चौहान : सोंचेरै निर्णय लिएकी हुँ, नयाँ जीवन सुरु गर्न चाहन्छु

१९ माघ २०८१, शनिबार ०८:४०

काठमाडौं। गायिका एलिना चौहानले पति विष्णु सापकोटालाई गाली नगर्न आग्रह गरेकी छिन् । आज (शनिबार) आफ्नो आधिकारिक टिकटक ह्यान्डलमा एक भिडिओ पोस्ट गर्दै एलिनाले यस्तो आग्रह गरेकी हुन् ।

‘अदालतको कुरा बाहिर कसरी आउँछ थाहा छैन, तर यसलाई ठूलो रूपमा लिएर प्रचार गर्नेभन्दा पनि इग्नोर गर्नुहोला,’ उनले भनेकी छन् । ‘आफूले माया गरेको मान्छेलाई गाली गर्दा आफूले गाली खाएको भन्दा धेरै पीडा हुने रहेछ,’ उनले भनेकी छन् । उनले श्रीमान विष्णु सापकोटालाई गाली नगर्न समेत आग्रह गरेकी छन् ।

‘जति गाली गर्न मन छ, मलाई गर्नुहोला । तर, उहाँलाई नगर्नु होला । सहमतिमै हामीले सम्बन्धविच्छेद गर्ने निर्णय लिएका हौँ,’ उनले भनेकी छन्, ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुँदैन । सात जुनीसम्मका लागि गरिन्छ अझ हिन्दू संस्कारमा त ।’ उनले बिहेअघि सम्बन्धमा रहँदा पनि बढी नै खटपट पर्ने गरेको खुलाएकी छन् । बिहे हतारमा गरेको स्वीकार्दै उनले भनेकी छन्, ‘बिहे गर्नु हतारको डिसिजन भयो । प्रेम सम्बन्धमा हुँदा पनि बढी नै खटपट हुन्थ्यो । तर, सहन्छु भनेरै बिहे गरें । तर, समय बित्दै जाँदा सहन सकिनँ । उहाँले सोचे जस्तो पनि भएन ।’

उनले आफ्नो निजी कुरालाई कमाइ खाने भाँडो नबनाउन आग्रह समेत गरेकी छन् । ‘मेरो व्यक्तिगत कुरालाई कमाइ खाने भाँडो नबनाउनुहोला । मजाकको पात्र नबनाउनुहोला । आफ्नो चेली छोरीलाई सम्झनुहोला । यो कुरालाई इग्नोर गरेर अघि बढेको राम्रो हुन्छ । अरु मसँग केही बोल्न शब्द छैनन्’ उनले भिडियोमा भनेकी छन् ।

उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई २०८१ वैशाख ५ गते विवाहमा परिणत गरेका थिए ।​ एलिनाका पति विष्णु अस्ट्रेलियामा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्