Trending
चक्रवात ‘अर्नब’का कारण तीन दिन वर्षा र हिमपातको सम्भावना     |     रास्वपासँगको एकता भङ्ग हुनु राजनीतिक अपराध हो: कुलमान घिसिङ     |     काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार     |     चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी     |     सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित     |     वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता     |     एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित     |     एभरेस्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६ करोड ३६ लाख भुक्तानी     |     रास्वपाका २० सांसद चीन जाँदै, महामन्त्री आचार्यले नेतृत्व गर्ने     |     त्रिभुवन विमानस्थलबाट १४ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ     |    
कला र मनोरन्जन

डिभोर्सबारे एलिना चौहान : सोंचेरै निर्णय लिएकी हुँ, नयाँ जीवन सुरु गर्न चाहन्छु

१९ माघ २०८१, शनिबार ०८:४०

काठमाडौं। गायिका एलिना चौहानले पति विष्णु सापकोटालाई गाली नगर्न आग्रह गरेकी छिन् । आज (शनिबार) आफ्नो आधिकारिक टिकटक ह्यान्डलमा एक भिडिओ पोस्ट गर्दै एलिनाले यस्तो आग्रह गरेकी हुन् ।

‘अदालतको कुरा बाहिर कसरी आउँछ थाहा छैन, तर यसलाई ठूलो रूपमा लिएर प्रचार गर्नेभन्दा पनि इग्नोर गर्नुहोला,’ उनले भनेकी छन् । ‘आफूले माया गरेको मान्छेलाई गाली गर्दा आफूले गाली खाएको भन्दा धेरै पीडा हुने रहेछ,’ उनले भनेकी छन् । उनले श्रीमान विष्णु सापकोटालाई गाली नगर्न समेत आग्रह गरेकी छन् ।

‘जति गाली गर्न मन छ, मलाई गर्नुहोला । तर, उहाँलाई नगर्नु होला । सहमतिमै हामीले सम्बन्धविच्छेद गर्ने निर्णय लिएका हौँ,’ उनले भनेकी छन्, ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुँदैन । सात जुनीसम्मका लागि गरिन्छ अझ हिन्दू संस्कारमा त ।’ उनले बिहेअघि सम्बन्धमा रहँदा पनि बढी नै खटपट पर्ने गरेको खुलाएकी छन् । बिहे हतारमा गरेको स्वीकार्दै उनले भनेकी छन्, ‘बिहे गर्नु हतारको डिसिजन भयो । प्रेम सम्बन्धमा हुँदा पनि बढी नै खटपट हुन्थ्यो । तर, सहन्छु भनेरै बिहे गरें । तर, समय बित्दै जाँदा सहन सकिनँ । उहाँले सोचे जस्तो पनि भएन ।’

उनले आफ्नो निजी कुरालाई कमाइ खाने भाँडो नबनाउन आग्रह समेत गरेकी छन् । ‘मेरो व्यक्तिगत कुरालाई कमाइ खाने भाँडो नबनाउनुहोला । मजाकको पात्र नबनाउनुहोला । आफ्नो चेली छोरीलाई सम्झनुहोला । यो कुरालाई इग्नोर गरेर अघि बढेको राम्रो हुन्छ । अरु मसँग केही बोल्न शब्द छैनन्’ उनले भिडियोमा भनेकी छन् ।

उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई २०८१ वैशाख ५ गते विवाहमा परिणत गरेका थिए ।​ एलिनाका पति विष्णु अस्ट्रेलियामा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्