Trending
शीर्ष स्थानको आर्सनल म्यानचेस्टर युनाइटेडसँग पराजित     |     महिला टी-२० विश्वकप छनोट : जित्नैपर्ने दबाबका साथ स्कटल्यान्डको सामना गर्दै नेपाल     |     क्रिस्टल प्यालेसमाथि चेल्सीको शानदार जित     |     रियलको रोमाञ्चक जित     |     किराँत मिथमा आधारित नाटक ‘ए थिबेउ’ शिल्पी थिएटरमा     |     आयोजक फेरिल्यान्डको सफल सुरुआत     |     चेस पजल सोल्भिङ कन्टेस्टमा २१ जनाको प्रतिस्पर्धा     |     शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा     |     रेशम चौधरी चुनाव लड्न नपाउने     |     प्रलोपा नेता सन्तोष परियारले गरे विवाह     |    
शिक्षा

सामुदायिक विद्यालय सुधारमा परिणाम देखिन थाल्यो: उपप्रधानमन्त्री सिंह

२१ माघ २०८१, सोमबार ०८:५२

२१ माघ, काठमाडौं। उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको प्रयासको परिणाम देखिन थालेको बताएका छन् ।

आज सोमबार पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७७औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले काठमाडौं क्षेत्र नं १ मा रहेका सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन सफल भएको भन्दै खुसी व्यक्त गरे ।

२०६४ सालमा संविधानसभाकाे निर्वाचनबाट काठमाडौं १ मा निर्वाचित भएदेखिनै आफूले सामुदायिक विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तरमा जोड दिइरहेको उनको दाबी छ।

‘काठमाडौं १ मा पर्ने सबै सामुदायिक विद्यालयकाे स्तर सुधार्न तीनै तहकाे सरकार मिलेर पूर्वाधार निर्माणमा सक्दाे काम गरेका छाैं। हाम्राे निर्वाचन क्षेत्रमा सामुदायिक विद्यालय निजीभन्दा कम छैन। राम्राे नतिजा सुन्न पाउँदा खुशी लागेकाे छ,´ उनले भने।

प्रतिक्रिया दिनुहोस्