Trending
कांग्रेसको १५औँ महाधिवेशन : विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्विरोध निर्वाचित     |     कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी     |     सर्वोच्च अदालतमा नियुक्तिका लागि चार न्यायाधीश सिफारिस     |     कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त     |     दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे     |     दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश     |     कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता     |     नरबहादुर खड्का (नरेश)ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी, सातबुँदे प्रतिबद्धता सार्वजनिक     |     घेरा तोड्दै रामेछापबाट उदाइन् विनिता खड्का     |     लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान जोगाउन मन्त्री पोखरेलको निर्देशन     |    
शिक्षा

सामुदायिक विद्यालय सुधारमा परिणाम देखिन थाल्यो: उपप्रधानमन्त्री सिंह

२१ माघ २०८१, सोमबार ०८:५२

२१ माघ, काठमाडौं। उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको प्रयासको परिणाम देखिन थालेको बताएका छन् ।

आज सोमबार पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७७औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले काठमाडौं क्षेत्र नं १ मा रहेका सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन सफल भएको भन्दै खुसी व्यक्त गरे ।

२०६४ सालमा संविधानसभाकाे निर्वाचनबाट काठमाडौं १ मा निर्वाचित भएदेखिनै आफूले सामुदायिक विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तरमा जोड दिइरहेको उनको दाबी छ।

‘काठमाडौं १ मा पर्ने सबै सामुदायिक विद्यालयकाे स्तर सुधार्न तीनै तहकाे सरकार मिलेर पूर्वाधार निर्माणमा सक्दाे काम गरेका छाैं। हाम्राे निर्वाचन क्षेत्रमा सामुदायिक विद्यालय निजीभन्दा कम छैन। राम्राे नतिजा सुन्न पाउँदा खुशी लागेकाे छ,´ उनले भने।

प्रतिक्रिया दिनुहोस्