Trending
भारतलाई हराउँदै एकदिवसीय शृंखला न्युजिल्यान्डले जित्यो     |     राष्ट्रिय लिग फुटबलमा आज ३ खेल हुँदै     |     सेनेगललाई लगातार दोस्रो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि     |     ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न     |     माघ शुक्ल प्रतिपदा: हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार     |     विश्वकप ग्लोबल क्वालिफार्यसमा आयरल्यान्डको विजयी सुरुवात     |     ‘आमा म त खरानीबाट उठेर आएँ’ गीत सार्वजनिक     |     चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र     |     निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता     |     पुस्तकालय निर्माणका लागि ‘घाटगाउँ’ पुस्तक विमोचन     |    
कला र मनोरन्जन

सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

२५ माघ २०८१, शुक्रबार ०६:४१

काठमाडौं। गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता प्रवेश गरेको छ ।

वितरण कम्पनी डीसीएनका अनुसार यस चलचित्रले दोस्रो हप्ताको पहिलो दिन शुक्रवार १ सय दुई शो प्राप्त गरेको छ । यो आँकडा दोस्रो हप्ताको लागि उत्साहजनक हो । यसको पहिलो हप्ताको व्यापारबारे भने निर्माता मौन छन् ।

यति बेला यो चलचित्र नेपालबाहिरका विभिन्न देशहरूमा पनि प्रदर्शनको क्रममा रहेको छ । हाल यसको रिलिजको लागि अभिनेता प्रदिप खड्का जापान पुगेका छन् । दुई दिन अघि जापानको यसको प्रिमियर आयोजना भएको थियो, जहाँ सयौँ दर्शकसँग बसेर खड्काले चलचित्र हेरे ।

उनी जापानका विभिन्न सहरहरूमा आयोजना हुने शोहरूमा सहभागी भई अमेरिका प्रस्थान गर्नेछन् । खड्का अमेरिकामा पनि यही चलचित्र रिलिजको लागि जान लागेका हुन् । खड्का सम्बद्ध कम्पनीले यस चलचित्रको अमेरिका र क्यानडाको वितरण अधिकार खरिद गरेको हो । यो चलचित्र युरोपमा समेत रिलिज हुँदैछ ।

दर्शकबाट यस चलचित्रको अर्को भागको पनि माग हुँदै आएको छ भने यसको क्लाइमेक्सलाई लिएर दश वर्षअघिको चलचित्र ‘लुट’सँग समेत दर्शकबाट तुलना गरिएको छ । यसका निर्देशक राजन भुसालले पनि उल्लेख्य तारिफ प्राप्त गरिरहेका छन् ।

प्रदिप खड्काले आफूलाई भर्सटाइल अभिनेताको रूपमा यस चलचित्रबाट पुनः प्रमाणित गरेका छन् । नव नायिका दिव्या रायमाझीलाई दर्शकले स्वागत गरेका छन् भने १० वर्षपछि चलचित्रमा देखिएका अभिनेता राजबल्लभ कोइरालालाई समेत उल्लेख्य रूपमा मन पराइएको छ । केही वर्षको अन्तरालमा चलचित्रमा देखिएकी अभिनेत्री आना शर्माको पनि तारिफ भइरहेको छ ।

यस चलचित्रमा प्रदिप, आना, दिव्या, राजबल्लभको साथमा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् ।

यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्