Trending
पृथ्वी राजमार्ग अवरुद्ध हुँदा बल्खुदेखि कलंकीसम्म ट्रकको लामो लाइन     |     नारायणीको पुलमा अड्किएको राइनो क्रुज निकाल्ने प्रयास असफल     |     कांग्रेस देउवा समूहद्वारा महाधिवेशनका लागि उम्मेदवारी शुल्क निर्धारण     |     चोलेन्द्र पक्राउप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण     |     नारायणीको बाढीपछि सुस्ताका ८०० भन्दा बढी नागरिक सुरक्षित     |     बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार कार्य, ६८४ जनाको उद्धार     |     नारायणी नदीमा बगेको क्रुज पुलमा अड्कियो, उच्च जोखिम     |     चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने     |     देउवा समूहको निर्वाचन निर्देशिका : १८ देखि २८ वर्ष उमेर समूहको अनिवार्य प्रतिनिधित्व     |     रास्वपाद्वारा सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम     |    
कला र मनोरन्जन

सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

२५ माघ २०८१, शुक्रबार ०६:४१

काठमाडौं। गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता प्रवेश गरेको छ ।

वितरण कम्पनी डीसीएनका अनुसार यस चलचित्रले दोस्रो हप्ताको पहिलो दिन शुक्रवार १ सय दुई शो प्राप्त गरेको छ । यो आँकडा दोस्रो हप्ताको लागि उत्साहजनक हो । यसको पहिलो हप्ताको व्यापारबारे भने निर्माता मौन छन् ।

यति बेला यो चलचित्र नेपालबाहिरका विभिन्न देशहरूमा पनि प्रदर्शनको क्रममा रहेको छ । हाल यसको रिलिजको लागि अभिनेता प्रदिप खड्का जापान पुगेका छन् । दुई दिन अघि जापानको यसको प्रिमियर आयोजना भएको थियो, जहाँ सयौँ दर्शकसँग बसेर खड्काले चलचित्र हेरे ।

उनी जापानका विभिन्न सहरहरूमा आयोजना हुने शोहरूमा सहभागी भई अमेरिका प्रस्थान गर्नेछन् । खड्का अमेरिकामा पनि यही चलचित्र रिलिजको लागि जान लागेका हुन् । खड्का सम्बद्ध कम्पनीले यस चलचित्रको अमेरिका र क्यानडाको वितरण अधिकार खरिद गरेको हो । यो चलचित्र युरोपमा समेत रिलिज हुँदैछ ।

दर्शकबाट यस चलचित्रको अर्को भागको पनि माग हुँदै आएको छ भने यसको क्लाइमेक्सलाई लिएर दश वर्षअघिको चलचित्र ‘लुट’सँग समेत दर्शकबाट तुलना गरिएको छ । यसका निर्देशक राजन भुसालले पनि उल्लेख्य तारिफ प्राप्त गरिरहेका छन् ।

प्रदिप खड्काले आफूलाई भर्सटाइल अभिनेताको रूपमा यस चलचित्रबाट पुनः प्रमाणित गरेका छन् । नव नायिका दिव्या रायमाझीलाई दर्शकले स्वागत गरेका छन् भने १० वर्षपछि चलचित्रमा देखिएका अभिनेता राजबल्लभ कोइरालालाई समेत उल्लेख्य रूपमा मन पराइएको छ । केही वर्षको अन्तरालमा चलचित्रमा देखिएकी अभिनेत्री आना शर्माको पनि तारिफ भइरहेको छ ।

यस चलचित्रमा प्रदिप, आना, दिव्या, राजबल्लभको साथमा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् ।

यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्