Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
बैंक वित्तीय

पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित

७ कार्तिक २०८३, शुक्रबार १९:३७

काठमाडौं। विश्वव्यापी रूपमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी देखिएपछि नेपाली बैंकिङ क्षेत्र प्रभावित भएको छ।

प्रणाली र ग्राहकको डेटा सुरक्षित राख्न नेपाल राष्ट्र बैंकसहित अधिकांश वाणिज्य बैंकहरूले आफ्ना वेबसाइट तथा वेबमा आधारित अनलाइन सेवाहरू अस्थायी रूपमा बन्द गरेका छन्।

राष्ट्रिय साइबर सुरक्षा केन्द्रले एक आपत्कालीन एड्भाइजरी जारी गर्दै पीएचपी र यससँग सम्बन्धित रनटाइम तथा इकोसिस्टममा जोखिम पहिचान भएको जनाएको छ।

केन्द्रले सम्बन्धित निकायहरूलाई पीएचपी संस्करण तत्काल ८.२.३५, ८.३.३६, ८.४.२७ वा ८.५.१२ भन्दा माथि अपग्रेड गर्न वा प्रणालीलाई पब्लिक इन्टरनेटबाट अलग गर्न निर्देशन दिएको छ।

नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारिक वेबसाइट र वेबमा आधारित सेवाहरू बन्द गरेको छ। साथै, बैंक तथा वित्तीय संस्थाहरूलाई प्रणालीको सबलीकरण गर्न र सुरक्षा निगरानी बढाउन निर्देशन दिएको छ।

ग्लोबल आइएमई, नबिल, प्राइम कमर्सियल, एनआईसी एसिया, सिद्धार्थ, माछापुच्छ्रे र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलगायतले सुरक्षा मर्मत र अद्यावधिकका लागि भन्दै वेबसाइट तथा अनलाइन पोर्टलहरू बन्द गरेका छन्। बैंकहरूका अनुसार कोर बैंकिङ र मोबाइल बैंकिङ सेवाहरू सञ्चालनमा रहे पनि वेबमा आधारित सार्वजनिक सेवाहरू जोखिममुक्त नभएसम्मका लागि स्थगित गरिएको छ।

पीएचपीको कोर आर्किटेक्चरमा देखिएको यो त्रुटिले ह्याकरहरूलाई सर्भरभित्र छिरेर अनधिकृत कमान्ड चलाउने जोखिम बढाएको छ।

आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी पत्ता लागेको यो कमजोरी सार्वजनिक भएपछि विश्वभर साइबर आक्रमणका प्रयासहरू तीव्र भएका छन्।

क्लाउडफ्लेयरका अनुसार कमजोरी सार्वजनिक भएको ४५ मिनेटभित्रै लाखौँ आक्रमणका प्रयासहरू रेकर्ड भएका थिए। यसको प्रभाव नेपालमा मात्र नभई जापानको नोमुरा, मित्सुबिसी युएफजे र एएनए एयरलाइन्सजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा समेत देखिएको छ।

विज्ञहरूले प्रणाली पूर्ण रूपमा अपडेट नभएसम्म सेवा बन्द राख्नु नै सुरक्षित विकल्प रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्