Trending
सूर्य प्लाइ सुदूरपश्चिम रोयल्सको स्ट्रेन्थ पार्टनर     |     सुशीला सरकार, ओली एमाले र देउवा कांग्रेस चुनाव भाँड्न उद्धत छन् : प्रभु साह     |     चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा     |     परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |    
समाचार

एक अर्काको आलोचनामा मग्न ट्रम्प–कमला

१३ कार्तिक २०८१, मंगलवार ०३:५३

१३ कार्तिक, काठमाडौँ। अमेरिकी नागरिकले यो वर्ष नोभेम्बरमा आफ्नो अर्को राष्ट्रपति चयन गर्न मतदान गर्दैछन्।

अमेरिकी राज्य जर्जियामा भएको फेथ समिटमा एक प्रश्नोत्तरको सत्रमा ट्रम्पले भने, ‘अमेरिका गलत दिशामा गइरहेको छ र अमेरिकालाई जोड्ने एक मात्र कडी भनेकाे धर्म हो।’ यस क्रममा ट्रम्पले जुलाईमा आफूमाथि भएको आक्रमणपछि पनि अझै धेरै काम गर्न सक्नु चमत्कार भएको बताए।

आईक्यू परीक्षण चुनौती
अर्कोतर्फ डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले मानसिक परीक्षणका लागि आफू तयार रहेको बताउँदै ट्रम्पलाई यस्तो परीक्षण गराउन चुनौती दिएकी छन्।

अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदैछ। यद्यपि निर्वाचनको क्रम भने शुरू भइसकेको छ। यी चुनावमा रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प उम्मेदवार छन् भने डेमोक्रेटिक पार्टीले कमला ह्यारिसलाई उम्मेदवार बनाएको छ। कमला ह्यारिस हाल अमेरिकाकी उपराष्ट्रपति समेत हुन्।

यो चुनावमा उम्मेदवार को–को छन् र कसरी छानिएका छन् ?

अमेरिकाका दुई प्रमुख राजनीतिक दलले आफ्ना उम्मेदवार मनोनयन गरेका छन्। रिपब्लिकन पार्टीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि ठूलो अग्रता लिएर आफ्नो पार्टीको समर्थन जितेका छन्। मिलवाकी, विस्कन्सिनमा भएको पार्टी अधिवेशनमा उनी रिपब्लिकन पार्टीको आधिकारिक राष्ट्रपति पदका उम्मेदवार बनेका थिए।

राष्ट्रपति जो बाइडेनले राजीनामा दिएपछि उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्दैछिन्।बाइडेन बाहिरिएपछि कमला ह्यारिसको उम्मेदवारीलाई अरू कुनै पनि डेमोक्र्याटले चुनौती दिएनन्। यी बाहेक केही स्वतन्त्र उम्मेदवार पनि राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा थिए।

यी मध्ये सबैभन्दा प्रमुख पूर्व राष्ट्रपति जोन एफ केनेडीका भतिजा रोबर्ट एफ केनेडी जुनियर थिए। तर अगस्टको अन्त्यमा उनले आफ्नो चुनावी अभियान समाप्त गर्दै डोनाल्ड ट्रम्पलाई समर्थन गरे।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको काम के हुन्छ?

अमेरिकी राष्ट्रपतिको चुनावमा सम्पूर्ण देशमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेद्वार विजयी हुँदैन।  यसको सट्टा दुवै दलका उम्मेदवारले ५० राज्यहरूमा चुनाव जित्न प्रतिस्पर्धा गर्नुपर्ने प्रावधान छ।

आंशिक रूपमा जनसंख्यामा आधारित  प्रत्येक राज्यमा तथाकथित निर्वाचक कलेजको निश्चित संख्या छ।  । यसरी ५३८ इलेक्टोरल कलेज छन्। यी मध्ये २७० वा बढी जित्ने मात्र राष्ट्रपति हुने छन्।

दुवै पार्टीले आफ्नो चुनावी अभियानलाई संक्रिय भएर अगाडि बढाइरहेका छन्। उनीहरूका मुद्धा केके छन्? दुवै पार्टीले आफ्नो पक्षमा मतदान भए केके मुद्धालाई कसरी बढाउने छन् भन्ने बारेमा खुलेर बोलिरहेका छन्। उनीहरूको मुद्धा नै उनीहरूले आगामी चार वर्षमा पूरा गर्ने उनीहरूको वाचा रहेको छ।  विभिन्न मुद्दामा उनीहरूको कस्तो खालको समर्थन छ र उनीहरूको आगामी नीति के हुन्छ बुझ्ने प्रयास गरौँ।

प्रतिक्रिया दिनुहोस्