Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

सोसल मिडियामा रोनाल्डोले पाए १ अर्ब फलोअर्स, बन्यो दुर्लभ रेकर्ड

२९ भाद्र २०८१, शनिबार ०३:३८

२९ भदौ,काठमाडौँ। सर्वकालीन महान् फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अब मैदानमा मात्र राज गर्दैनन्, सामाजिक सञ्जालमा पनि राज गर्छन् ।

यो तथ्यलाई उनको हालै बनेको नयाँ दुर्लभ रेकर्डले पुष्टि गरेको छ । रोनाल्डो सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स पाउने पहिलो व्यक्ति बनेका छन् ।

हालै युट्युबमा आएका रोनाल्डोले कैयौं किर्तिमान तोड्दै अहिलेसम्म ६ करोड भन्दा बढी फलोअर्स बनेका छन् । रोनाल्डो सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा बढी फलो गरिने व्यक्ति हुन् । उनको इन्स्टाग्राममा मात्र ६३ करोड ८० लाख अर्थात ६३८ मिलियन फलोअर्स रहेका छन् ।

उनका फेसबुक, एक्ससहितका सबै च्यानल गरेर एक अर्ब फलोअर्स पुगेका हुन् । यस अवसरमा रोनाल्डोले सबै मिलेर इतिहास बनाएको उल्लेख गर्दै पोर्चुगलको मादेरियाबाट विश्वको यस स्टेजसम्म आइपुग्दा आफु सधै आफ्नो परिवार र आफुलाई माया गर्ने फ्यानहरुको लागि खेलिरहेको बताएका छन् ।

साथै उनले अबको यात्रा पनि सबै एक अर्ब फलोअर्ससँग साथमा गर्ने उल्लेख गर्दै आफ्नो उत्कृष्ट खेल आउन अझै बाँकी रहेको बताएका छन् ।आगामी फेब्रुअरीमा ४०औ जन्मदिन मनाउने तयारी गरिरहेका रोनाल्डोले आफुलाई पोर्चुगल र आफु खेल्ने क्लबका लागि सधै उपलब्ध गराउदै आएका छन् । उनी विश्वमा अहिलेसम्म सबैभन्दा बढी ९०१ गोल गर्ने खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्