Trending
एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |     भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ     |     लुम्बिनी प्रदेश सभा सदस्यको पदमुक्त गर्ने निर्णयप्रति जसपाको आपत्ति     |     शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल     |     माधव नेपाललाई बादलको आरोप- राष्ट्रपति हुने गोप्य सम्झौतापछि राजीनामा     |     रवि-बालेनबिच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय छ: प्रमोद न्यौपाने     |     ग्यास अभाव समाधान गर्न प्राथमिकता दिन्छु: उद्योगमन्त्री साह     |    
खेलकुद

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

२९ भाद्र २०८३, सोमबार ०६:४०

काठमाडौँ। ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ। उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको हो।

स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्का, उपाध्यक्ष रोशनकुमार सिंहलगायत पदाधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो। सो अवसरमा सचिव खड्काले टोलीलाई उपाधिका लागि बधाई दिँदै आगामी प्रतियोगिताका लागि शुभकामना दिनुभयो।

शनिबार सम्पन्न फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ४४ रनले पराजित गर्दै एसिसी प्रिमियर कपको उपाधि दोस्रोपटक जितेको थियो। उपाधिसँगै नेपालले आगामी वर्ष बङ्गलादेशमा आयोजना हुने एसिया कपमा स्थान सुरक्षित गरेको छ।

नेपालले दोस्रोपटक एसिया कप खेल्ने अवसर प्राप्त गरेको हो। यसअघि सन् २०२३ मा नेपाली टोलीले पहिलोपटक एसिया कपमा सहभागिता जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्