Trending
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ     |     इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण     |     यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली     |     ‘मिरमिरे’को शीर्ष गीतमा प्रकाश र सिर्जनाको छमछमी     |     जनमत, लोसपाका नेता सहित स्वतन्त्र अभियन्ताहरु समेत आजपामा प्रवेश गरे     |     टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न     |     भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप     |     प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट     |     बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा     |     निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह     |    
समाचार

उत्ताउलो भएर नबोल्न नयाँ दलहरुलाई सिटौलाको सुझाव

२९ भाद्र २०८१, शनिबार १३:०६

२९ भदौ,काठमाडौँ। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न नसकिने बताउनुभएको छ ।

१११ औं वीपी जयन्तीको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित लोकतान्त्रिक समाजवाद र आजको परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सिटौलाले पुराना दलहरूको योगदानका कारण मुलुकमा परिवर्तन सम्भव भएको भन्दै उत्ताउलो भएर नबोल्न नयाँ दलहरुलाई सुझाव दिएका हुन्।

“आवधिक निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधि रोज्ने र प्रतिनिधिमार्फत शासन चलाउने हो, जनताले प्रतिनिधिमार्फत आफ्नो शासन गर्ने हो, लोकतान्त्रिक शासन पद्धति भनेको यही हो,” उनले भने । कांग्रेस र कम्युनिष्टबीच लोकतान्त्रिक समाजवादका बारेमा भिन्दाभिन्दै व्याख्या रहेको उनको भनाइ थियो ।

कांग्रेसका पूर्वमहामन्त्री सिटौलाले विसं २०४६ देखि कम्युनिष्टलाई शान्ति र लोकतन्त्रको बाटोमा हिँडाउन कांग्रेसले नेतृत्व गरेको बताए । उनले बिपी कोइराला गतिशील विचार भएको नेता भएको बताए ।

प्रतिक्रिया दिनुहोस्