Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

उत्ताउलो भएर नबोल्न नयाँ दलहरुलाई सिटौलाको सुझाव

२९ भाद्र २०८१, शनिबार १३:०६

२९ भदौ,काठमाडौँ। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न नसकिने बताउनुभएको छ ।

१११ औं वीपी जयन्तीको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित लोकतान्त्रिक समाजवाद र आजको परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सिटौलाले पुराना दलहरूको योगदानका कारण मुलुकमा परिवर्तन सम्भव भएको भन्दै उत्ताउलो भएर नबोल्न नयाँ दलहरुलाई सुझाव दिएका हुन्।

“आवधिक निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधि रोज्ने र प्रतिनिधिमार्फत शासन चलाउने हो, जनताले प्रतिनिधिमार्फत आफ्नो शासन गर्ने हो, लोकतान्त्रिक शासन पद्धति भनेको यही हो,” उनले भने । कांग्रेस र कम्युनिष्टबीच लोकतान्त्रिक समाजवादका बारेमा भिन्दाभिन्दै व्याख्या रहेको उनको भनाइ थियो ।

कांग्रेसका पूर्वमहामन्त्री सिटौलाले विसं २०४६ देखि कम्युनिष्टलाई शान्ति र लोकतन्त्रको बाटोमा हिँडाउन कांग्रेसले नेतृत्व गरेको बताए । उनले बिपी कोइराला गतिशील विचार भएको नेता भएको बताए ।

प्रतिक्रिया दिनुहोस्