Trending
२४ जना उपसचिवको सरूवा (सूची)     |     एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर     |     व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश     |     कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त     |     नाट्टा अध्यक्षमा जिस्वान तुलाधरको उम्मेदवारी, पर्यटन विविधीकरणदेखि महिला नेतृत्वसम्म प्राथमिकतामा     |     सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन     |     विश्वकप क्रिकेट लिग–२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य     |     सुनसरी घटना : सीडीओसहितका सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाउने निर्णय     |     दोषीलाई कारबाहीकाे माग गर्दै स्वास्थ्यकर्मीले गरे प्रदर्शन     |     ‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग     |    
समाचार

राज्यले नागरिकको अभिभावकत्व ग्रहण गर्नुपर्छ : मन्त्री काफ्ले

२९ भाद्र २०८१, शनिबार १३:०९

२९ भदौ,काठमाडौँ। बागमती प्रदेशका आर्थिक मामिलामन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले नागरिकको समुन्नत विकासका लागि लोकतन्त्रलाई संस्थागत गर्दै लैजानुपर्ने बताएका छन्।

१११ औँ बीपी जयन्तीको सन्दर्भमा संवाद केन्द्रले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री काफ्लेले नेपाली कांग्रेसको नेतृत्वमा ल्याएको लोकतन्त्रको संस्थागत विकासका कांग्रेसले नै बढी योगदान गर्नुपर्ने समेत उल्लेख गरे ।

राज्यले नागरिकका समस्यालाई सहानुभूति दिन नसकिरहेकाले अब कांग्रेसले नागरिकका समस्यामा केन्द्रित भएर राजनीति गर्नुपर्ने काफ्लेले उल्लेख गरे। ‘नागरिकका थुप्रै समस्या छन्। गुनासाहरू पनि छन्। अझै पनि राज्यले नागरिकको पीरमर्का महसुस गर्न सकेको छैन,’ मन्त्री काफ्लेले भने, ‘राज्यले नागरिकको अभिभावकत्व ग्रहण गर्नुपर्छ। नागरिकका मुद्दालाई सम्बोधन गर्नु नै लोकतन्त्रको असली मर्म हो।’

शिक्षा, स्वास्थ्य, र रोजगारीका विषयमा राज्यले गर्न सक्ने काम पनि हाल भइनरहेको उल्लेख गर्दै मन्त्री काफ्लेले अब कांग्रेसको राजनीतिक मुलुक र जनताको आर्थिक उन्नतिका विषयमा केन्द्रित हुनुपर्ने उनले उल्लेख गरे।

नयाँ राजनीतिक दलहरूलतर्फ सङ्केत गर्दै मन्त्री काफ्लेले समस्यै समस्या मात्र भएको प्रचार गरिरहेको उल्लेख गरे। कतिपय दलले समस्या समाधानको कुनै काम नगर्ने भन्दै उनले कांग्रेस जिम्मेवार पनि भएकाले नयाँ दलभन्दा फरक भएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्