Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

दुईवटा बस ठोकिएर साइकललाई ठक्कर दिँदा साइकल यात्रीकाे मृत्यु

२९ भाद्र २०८१, शनिबार १३:१३

२९ भदौ,काठमाडौँ। नारायणगढ मुग्लिन सडक खण्डको भरतपुर १, पानी ट्याङ्की ओरालोमा दुईवटा बस ठोकिएर साइकललाई पनि ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ ।

चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार आज दिउँसो ४ बजेर २० मिनेट जाँदा मुग्लिनबाट आँपटारी आउँदै गरेको बा।प्र। ०१–०२६ च ५५१९ नम्बरको योद्धा गाडीले नारायणगढबाट मुग्लिनतर्फ गइरहेको  ग २ ख ८५५ न।को बसलाई ठक्कर दिई अनियन्त्रित हुँदा साइकल यात्रीलाई ठक्कर दिन पुगेको थियो ।

ठक्करबाट भरतपुर १ रामननगर घर भएका ६४ वर्षीया राम थापाको निधन भएको हो ।दुर्घटनाको कारण गम्भीर घाइते थापालाई थप उपचारको लागि भरतपुर अस्पताल ल्याइएको थियो ।

तर, अस्पतालमा उपचार अघि बढाउन नपाउँदै थापाको ज्यान गएको चिकित्सकलाई उद्धृत गर्दै डिएसपी रिजालले जानकारी दिए । उनका अनुसार दुबै गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्