Trending
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ     |     इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण     |     यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली     |     ‘मिरमिरे’को शीर्ष गीतमा प्रकाश र सिर्जनाको छमछमी     |     जनमत, लोसपाका नेता सहित स्वतन्त्र अभियन्ताहरु समेत आजपामा प्रवेश गरे     |     टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न     |     भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप     |     प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट     |     बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा     |     निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह     |    
समाचार

दुईवटा बस ठोकिएर साइकललाई ठक्कर दिँदा साइकल यात्रीकाे मृत्यु

२९ भाद्र २०८१, शनिबार १३:१३

२९ भदौ,काठमाडौँ। नारायणगढ मुग्लिन सडक खण्डको भरतपुर १, पानी ट्याङ्की ओरालोमा दुईवटा बस ठोकिएर साइकललाई पनि ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ ।

चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार आज दिउँसो ४ बजेर २० मिनेट जाँदा मुग्लिनबाट आँपटारी आउँदै गरेको बा।प्र। ०१–०२६ च ५५१९ नम्बरको योद्धा गाडीले नारायणगढबाट मुग्लिनतर्फ गइरहेको  ग २ ख ८५५ न।को बसलाई ठक्कर दिई अनियन्त्रित हुँदा साइकल यात्रीलाई ठक्कर दिन पुगेको थियो ।

ठक्करबाट भरतपुर १ रामननगर घर भएका ६४ वर्षीया राम थापाको निधन भएको हो ।दुर्घटनाको कारण गम्भीर घाइते थापालाई थप उपचारको लागि भरतपुर अस्पताल ल्याइएको थियो ।

तर, अस्पतालमा उपचार अघि बढाउन नपाउँदै थापाको ज्यान गएको चिकित्सकलाई उद्धृत गर्दै डिएसपी रिजालले जानकारी दिए । उनका अनुसार दुबै गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्