Trending
सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना     |     आज भाइटीका, उत्तम साइत ११ः ३९ बजे     |     आज तिहारको मुख्य दिन भाइटीका     |     आज अमेरिकी डलर स्थिर, यूरो र पाउण्डको भाउमा सामान्य गिरावट     |     सल्यानमा प्रहरीले ठूलो मात्रामा अवैध सामग्री बरामद, ५४ जना फरार प्रतिवादी पक्राउ     |     कर्णाली नदीमा हाम फालेकी किशोरी मृत फेला     |     जेनजी आन्दोलनका घाइते भन्छन्- घाउले भन्दा बढी चहर्‍याउँछ चाडबाडको सम्झनाले     |     कलाकारसँग प्रधानमन्त्रीको आग्रह- दुष्प्रचार चिर्न भूमिका खेलिदिनुहोस्     |     चीनसँग राम्रो सम्बन्ध चाहन्छु, तर नोभेम्बर १ देखि १५५ प्रतिशत कर लागू हुनेछ : ट्रम्प     |     नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा परी ३५ जनाको मृत्यु, दर्जनौं घाइते     |    
समाचार

गोलभेंडामा भेटियो अत्यधिक विषादी

२९ भाद्र २०८१, शनिबार १३:२५

२९ भदौ,कैलालीकैलालीको गोदावरी नगरपालिका-१ अत्तरियामा सञ्चालित हाट बजारमा बिक्री गर्न ल्याइएको गोलभेँडा(टमाटर)मा अत्यधिक विषादीको मात्रा भेटिएको छ।

तरकारी हाट बजारमा रहेको विषादीको अवशेष द्रुत विश्लेषण एकाइले गोलभेँडामा गरेको परीक्षणका क्रममा अत्यधिक विषादीको मात्रा भेटिएको हो। विषादी अवशेष द्रुत विश्लेषण एकाइका अनुसार रोल्पामा रहेको मिलन ट्रेड एन्ड सप्लायर्सबाट आयात गरि हाट बजारमा ल्याइएको गोलभेँडामा ४८ दशमलव ४७ प्रतिशत अर्गानोफस्फेट भेटिएको हो।

हाट बजारमा ल्याइएको सो गोलभेँडा प्रयोगशालामा परीक्षण गर्दा ४८ दशमलव ४७ प्रतिशत अर्गानोफस्फेट भेटिएको विषादी अवशेष द्रुत विश्लेषण एकाइका प्राविधिक राजेन्द्रप्रसाद भट्टले बताए। परीक्षणका क्रममा अत्यधिक विषादी भेटिएको उक्त गोलभेँडा खान अयोग्य भएकाले एक क्विन्टल गोलभेँडा नष्ट गरिएको उनले जानकारी दिए। उनले प्रयोगशालामा ३५ प्रतिशतभन्दा कम अर्गानोफस्फोटको रोकावट दर भेटिएमा खान योग्य हुने ३५ देखि ४४ प्रतिशत रोकावट दर भेटिए केही दिन पर्खिएर खान मिल्ने बताउँदै ४५ भन्दा माथि रोकावट दर भेटिए नष्ट गर्ने गरिएको बताए।

विषादी अवशेष द्रुत विश्लेषण एकाइले अत्तरियामा सञ्चालित हाट बजारमा दैनिक तरकारी र फलफूलको नमूनाको विषादी परीक्षण गर्दै आएको जनाएको छ। अत्तरियामा डेढ दशकदेखि सञ्चालनमा रहेको सो हाट बजार क्षेत्रीय हाट बजार हो।

सो हाट बजारमा सुदूरपश्चिमभरका किसानले उत्पादन गर्दै आएका कृषिजन्य वस्तु संकलन गरी विक्री वितरण गर्दै आएको हाट बजार व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल भट्टले बताए।

प्रतिक्रिया दिनुहोस्