Trending
२४ जना उपसचिवको सरूवा (सूची)     |     एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर     |     व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश     |     कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त     |     नाट्टा अध्यक्षमा जिस्वान तुलाधरको उम्मेदवारी, पर्यटन विविधीकरणदेखि महिला नेतृत्वसम्म प्राथमिकतामा     |     सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन     |     विश्वकप क्रिकेट लिग–२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य     |     सुनसरी घटना : सीडीओसहितका सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाउने निर्णय     |     दोषीलाई कारबाहीकाे माग गर्दै स्वास्थ्यकर्मीले गरे प्रदर्शन     |     ‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग     |    
समाचार

मोबाइल व्यवसायीले गरेको सामसुङविरुद्ध आन्दोलन स्थगित

२९ भाद्र २०८१, शनिबार १३:३८

काठमाडौँ। नेपाल मोबाइल व्यवसायी महासंघले सामसुङ ब्राण्डका मोबाइलको भिजिबिलिटी बन्द गर्ने गरी घोषणा गरेको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।

महासंघ, मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल बितरक संघकाबीच शुक्रबार भएको त्रिपक्षीय सहमतिपछि महासंघले सामसुङ मोबाइल ब्राण्डविरुद्ध घोषणा गरेको आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो।

महासंघले उठाएको मार्जिन बढाउनुपर्ने विषयलाई मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल बितरक संघले समेत समर्थन गर्दै मार्जिन लगायतका बिषयमा आगामी १३ मंसिरमा ठोस निर्णय लिने सहमति भएको हो।

सहमतिमा नेपाल मोबाइल ब्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई, मोबाइल फोन इम्पोर्टर एसोसिएसनका अध्यक्ष दीपक मल्होत्रा र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्यादोले हस्ताक्षर गरेका छन।

महासंघले उठाएको मार्जिन बढाउनुपर्ने विषयलाई मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल बितरक संघले समेत समर्थन गर्दै मार्जिन लगायतका बिषयमा आगामी १३ मंसिरमा ठोस निर्णय लिने सहमति भएको हो।

सहमतिमा नेपाल मोबाइल ब्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई, मोबाइल फोन इम्पोर्टर एसोसिएसनका अध्यक्ष दीपक मल्होत्रा र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्यादोले हस्ताक्षर गरेका छन।

सुदूरपश्चिम प्रदेशको धनगढीमा गत २० भाद्रमा आयोजित सामसुङ रिटेल मिट कार्यक्रममा आयोजक र व्यवसायी पक्षबीच मार्जिनको बिषयमा विवाद हुँदा महासंघ केन्द्रले संघर्षका कार्यक्रम घोषणा गरेको थियो। जसअनुसार भाद्र २६ र २७ गते सामसुङ मोबाइलको भिजिबिलिटी बन्द गरिएको थियो।

‘असमझदारीपछि सृजित अवस्था, विभिन्न चरणमा भएका वार्ता र संवादपछि हामी तीनै निकाय (नेपाल मोबाइल व्यवसायी महासंघ, मोबाइल फोन इम्पोर्टर एसोसिएसन र नेपाल मोबाइल वितरक संघ) एकताबद्ध भएर मार्जिनलगायत तीनै निकायले उठाएका अन्य जायज मुद्दाहरूको विषयमा संयुक्त रुपमा अघि बढ्ने निष्कर्षमा पुगेका छौं’, सहमतिपछि शुक्रबार तीनै संस्थाद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा महासंघले उठाएको मार्जिनको विषय तीनै निकायको आवश्यकताको विषय भएको भनिएको छ भने सो विषयमा आआफ्ना संस्थाका तर्फबाट आवश्यक तयारी गरी १३ मंसिर २०८१ अर्थात् आगामी २८ नोभेम्बरका दिन ठोस निर्णयमा पुग्नेगरि साझा सहमति बनेको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्