Trending
एनपिएल खेल्न अष्ट्रेलियाका क्रिस लिन आउँदै !     |     पोस्टरसहित चलचित्र ‘जूबा’को घोषणा     |     यु–२३ एसियन कप छनोट: नेपालले आज ताजिकिस्तानसँग खेल्दै     |     सुनको मूल्य हालसम्मकै उच्च     |     नेपाल ‘ए’ टोलीले जित्यो आसामविरुद्धको सिरिज     |     महिला पर्यटन उद्यमीको रूपमा कमला गिरी सम्मानित     |     यस्ता छन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय (सूचीसहित)     |     डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट     |     स्याउसहितका २३ ट्रक कर्णाली राजमार्गमै अलपत्र     |     सुर्खेत जंगलमा बँदेलको पासोमा चितुवा फँस्यो     |    
समाचार

मोबाइल व्यवसायीले गरेको सामसुङविरुद्ध आन्दोलन स्थगित

२९ भाद्र २०८१, शनिबार १३:३८

काठमाडौँ। नेपाल मोबाइल व्यवसायी महासंघले सामसुङ ब्राण्डका मोबाइलको भिजिबिलिटी बन्द गर्ने गरी घोषणा गरेको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।

महासंघ, मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल बितरक संघकाबीच शुक्रबार भएको त्रिपक्षीय सहमतिपछि महासंघले सामसुङ मोबाइल ब्राण्डविरुद्ध घोषणा गरेको आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो।

महासंघले उठाएको मार्जिन बढाउनुपर्ने विषयलाई मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल बितरक संघले समेत समर्थन गर्दै मार्जिन लगायतका बिषयमा आगामी १३ मंसिरमा ठोस निर्णय लिने सहमति भएको हो।

सहमतिमा नेपाल मोबाइल ब्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई, मोबाइल फोन इम्पोर्टर एसोसिएसनका अध्यक्ष दीपक मल्होत्रा र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्यादोले हस्ताक्षर गरेका छन।

महासंघले उठाएको मार्जिन बढाउनुपर्ने विषयलाई मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल बितरक संघले समेत समर्थन गर्दै मार्जिन लगायतका बिषयमा आगामी १३ मंसिरमा ठोस निर्णय लिने सहमति भएको हो।

सहमतिमा नेपाल मोबाइल ब्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई, मोबाइल फोन इम्पोर्टर एसोसिएसनका अध्यक्ष दीपक मल्होत्रा र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्यादोले हस्ताक्षर गरेका छन।

सुदूरपश्चिम प्रदेशको धनगढीमा गत २० भाद्रमा आयोजित सामसुङ रिटेल मिट कार्यक्रममा आयोजक र व्यवसायी पक्षबीच मार्जिनको बिषयमा विवाद हुँदा महासंघ केन्द्रले संघर्षका कार्यक्रम घोषणा गरेको थियो। जसअनुसार भाद्र २६ र २७ गते सामसुङ मोबाइलको भिजिबिलिटी बन्द गरिएको थियो।

‘असमझदारीपछि सृजित अवस्था, विभिन्न चरणमा भएका वार्ता र संवादपछि हामी तीनै निकाय (नेपाल मोबाइल व्यवसायी महासंघ, मोबाइल फोन इम्पोर्टर एसोसिएसन र नेपाल मोबाइल वितरक संघ) एकताबद्ध भएर मार्जिनलगायत तीनै निकायले उठाएका अन्य जायज मुद्दाहरूको विषयमा संयुक्त रुपमा अघि बढ्ने निष्कर्षमा पुगेका छौं’, सहमतिपछि शुक्रबार तीनै संस्थाद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा महासंघले उठाएको मार्जिनको विषय तीनै निकायको आवश्यकताको विषय भएको भनिएको छ भने सो विषयमा आआफ्ना संस्थाका तर्फबाट आवश्यक तयारी गरी १३ मंसिर २०८१ अर्थात् आगामी २८ नोभेम्बरका दिन ठोस निर्णयमा पुग्नेगरि साझा सहमति बनेको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्