Trending
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ     |     इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण     |     यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली     |     ‘मिरमिरे’को शीर्ष गीतमा प्रकाश र सिर्जनाको छमछमी     |     जनमत, लोसपाका नेता सहित स्वतन्त्र अभियन्ताहरु समेत आजपामा प्रवेश गरे     |     टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न     |     भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप     |     प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट     |     बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा     |     निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह     |    
समाचार

पत्रकार महासङ्घको चुनाव असोज १२ गते हुने

२९ भाद्र २०८१, शनिबार १३:५७

२९ भदौ,काठमाडौँ। नेपाल पत्रकार महासङ्घको चुनाव मिति फेरि सरेको छ । असोज ५ गते जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि चुनाव हुने भनिएकोमा फेरि मिति सरेको हो । यसबीचमा अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएपछि वरिष्ठ उपाध्यक्ष रमेश विष्ट अहिले कार्यवाहक अध्यक्ष हुनुहुन्छ ।

नयाँ समितिले अब असोज १२ गते चुनाव गर्ने गरी मिति तोकेको हो । महासङ्घले यसअघि अध्यक्ष पोख्रेलकै नेतृत्वमा महासङ्घसँग सरोकार राख्ने पक्षहरूसँगको सहमतिमा तयार भएको मतदाता सूची निर्वाचन समितिलाई हस्तान्तरण गरेको जनाएको छ । महासङ्घका कार्यवाहक अध्यक्ष विष्टले निकाल्नुभएको विज्ञप्तिमा आज मतदाता सूची सार्वजनिक गर्ने भनिएको छ ।

त्यस्तै असोज ४ गते साँझ ५ बजेदेखि असोज ५ गते अपराह्न २ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध, ४ गते साँझ ५ बजेदेखि असोज ५ गते ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, असोज ५ गते ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, असोज १२ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान र १२ गते मतदान कार्य समाप्त भएपश्चात् मतगणना हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्