Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

पत्रकार महासङ्घको चुनाव असोज १२ गते हुने

२९ भाद्र २०८१, शनिबार १३:५७

२९ भदौ,काठमाडौँ। नेपाल पत्रकार महासङ्घको चुनाव मिति फेरि सरेको छ । असोज ५ गते जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि चुनाव हुने भनिएकोमा फेरि मिति सरेको हो । यसबीचमा अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएपछि वरिष्ठ उपाध्यक्ष रमेश विष्ट अहिले कार्यवाहक अध्यक्ष हुनुहुन्छ ।

नयाँ समितिले अब असोज १२ गते चुनाव गर्ने गरी मिति तोकेको हो । महासङ्घले यसअघि अध्यक्ष पोख्रेलकै नेतृत्वमा महासङ्घसँग सरोकार राख्ने पक्षहरूसँगको सहमतिमा तयार भएको मतदाता सूची निर्वाचन समितिलाई हस्तान्तरण गरेको जनाएको छ । महासङ्घका कार्यवाहक अध्यक्ष विष्टले निकाल्नुभएको विज्ञप्तिमा आज मतदाता सूची सार्वजनिक गर्ने भनिएको छ ।

त्यस्तै असोज ४ गते साँझ ५ बजेदेखि असोज ५ गते अपराह्न २ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध, ४ गते साँझ ५ बजेदेखि असोज ५ गते ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, असोज ५ गते ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, असोज १२ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान र १२ गते मतदान कार्य समाप्त भएपश्चात् मतगणना हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्