Trending
रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |    
समाचार

सुरक्षित भविष्यको खोजीमा विदेश जानुपर्ने बाध्यता छैन : महत

२९ भाद्र २०८१, शनिबार १४:१०

२९ भदौ,नुवाकोट। पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सुरक्षित भविष्यको खोजीमा विदेश जानुपर्ने बाध्यता नरहेको बताएका छन् ।

नुवाकोटको अमरज्योति (प्राविधिक) माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा उनले गुणस्तरीय शिक्षा र कृषिउपजको उत्पादन एवं बिक्री गरेर स्वदेशमा नै मनग्य आम्दानी गर्न सक्ने वातावरण रहेको जिकिर गरे । “कृषिखेती, पशुपक्षीपालनलगायत पेसा तथा व्यवसायमा आधुनिकीकरण र व्यावसायिकीकरणले ठूलो परिवर्तन हुँदै आएको छ,” उनले भने, “उत्पादित सामग्री बजारसम्म पुर्‍याउन गाउँघरमा व्यवस्थित सडक संरचनाको निर्माणले बजारीकरणको समस्या समाधान हुँदै आएको छ ।”

पछिल्ला वर्षमा युवावर्ग उच्च शिक्षा अध्ययन र सुरक्षित भविष्यको खोजीका नाममा ठूलो रकम लगानी गरेर विदेश जाने लहर बढेको उनले उल्लेख गरे । उनले नेपालमै ‘सुन फलाउन’ सकिने अवसर नगुमाउन आग्रह गरे ।

युवा अवस्थाको जोस, लगानी र विदेशी भूमिमा जस्तै देशमै मिहिनेत गरेमा राम्रो आर्थिक उपार्जन गर्न सकिने उनको धारणा थियो । “कृषि उब्जनीले बजार पाउन समस्या छैन । सरकारी अनुदान र सहयोगका कार्यक्रमहरू पनि क्रमशः वृद्धि हुँदै गएका छन् । गाउँगाउँमा सडक स्तरोन्नति हुँदै छन् । काठमाडौंलाई जोड्न सुरुङमार्ग विस्तारको काम भइरहेको छ । गाउँ, जिल्ला हुँदै देशमा क्रमशः विकासको गतिविधि बढ्दै गएको छ । काठमाडौंबाट नजिकको जिल्ला भएकाले यहीँबाट विदेश जाने होइन अब स्वदेश फर्कनुपर्छ भन्ने लहर चलाउन लाग्नुपर्छ,” डा. महतले भने ।

विदेशी मुद्राका निम्ति विदेश जाने नभई पर्यटक नेपाल भित्र्याएर आर्थिक उपार्जन र देश विकासको जिम्मेवारी युवापुस्ताले लिनुपर्ने उनको भनाइ छ । त्यसका निम्ति सुरक्षा व्यवस्था र आउजाउ सहज बनाउन सरकारले सडक, अन्य भौतिक संरचना निर्माण तथा स्तरोन्नति गर्दै आएकाले युवाको भविष्य स्वदेशमा नै सुरक्षित रहेकामा आफू विश्वस्त रहेको पूर्वमन्त्री डा. महतको स्पष्टोक्ति थियो ।

प्रतिक्रिया दिनुहोस्