Trending
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ     |     इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण     |     यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली     |     ‘मिरमिरे’को शीर्ष गीतमा प्रकाश र सिर्जनाको छमछमी     |     जनमत, लोसपाका नेता सहित स्वतन्त्र अभियन्ताहरु समेत आजपामा प्रवेश गरे     |     टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न     |     भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप     |     प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट     |     बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा     |     निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह     |    
समाचार

सुरक्षित भविष्यको खोजीमा विदेश जानुपर्ने बाध्यता छैन : महत

२९ भाद्र २०८१, शनिबार १४:१०

२९ भदौ,नुवाकोट। पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सुरक्षित भविष्यको खोजीमा विदेश जानुपर्ने बाध्यता नरहेको बताएका छन् ।

नुवाकोटको अमरज्योति (प्राविधिक) माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा उनले गुणस्तरीय शिक्षा र कृषिउपजको उत्पादन एवं बिक्री गरेर स्वदेशमा नै मनग्य आम्दानी गर्न सक्ने वातावरण रहेको जिकिर गरे । “कृषिखेती, पशुपक्षीपालनलगायत पेसा तथा व्यवसायमा आधुनिकीकरण र व्यावसायिकीकरणले ठूलो परिवर्तन हुँदै आएको छ,” उनले भने, “उत्पादित सामग्री बजारसम्म पुर्‍याउन गाउँघरमा व्यवस्थित सडक संरचनाको निर्माणले बजारीकरणको समस्या समाधान हुँदै आएको छ ।”

पछिल्ला वर्षमा युवावर्ग उच्च शिक्षा अध्ययन र सुरक्षित भविष्यको खोजीका नाममा ठूलो रकम लगानी गरेर विदेश जाने लहर बढेको उनले उल्लेख गरे । उनले नेपालमै ‘सुन फलाउन’ सकिने अवसर नगुमाउन आग्रह गरे ।

युवा अवस्थाको जोस, लगानी र विदेशी भूमिमा जस्तै देशमै मिहिनेत गरेमा राम्रो आर्थिक उपार्जन गर्न सकिने उनको धारणा थियो । “कृषि उब्जनीले बजार पाउन समस्या छैन । सरकारी अनुदान र सहयोगका कार्यक्रमहरू पनि क्रमशः वृद्धि हुँदै गएका छन् । गाउँगाउँमा सडक स्तरोन्नति हुँदै छन् । काठमाडौंलाई जोड्न सुरुङमार्ग विस्तारको काम भइरहेको छ । गाउँ, जिल्ला हुँदै देशमा क्रमशः विकासको गतिविधि बढ्दै गएको छ । काठमाडौंबाट नजिकको जिल्ला भएकाले यहीँबाट विदेश जाने होइन अब स्वदेश फर्कनुपर्छ भन्ने लहर चलाउन लाग्नुपर्छ,” डा. महतले भने ।

विदेशी मुद्राका निम्ति विदेश जाने नभई पर्यटक नेपाल भित्र्याएर आर्थिक उपार्जन र देश विकासको जिम्मेवारी युवापुस्ताले लिनुपर्ने उनको भनाइ छ । त्यसका निम्ति सुरक्षा व्यवस्था र आउजाउ सहज बनाउन सरकारले सडक, अन्य भौतिक संरचना निर्माण तथा स्तरोन्नति गर्दै आएकाले युवाको भविष्य स्वदेशमा नै सुरक्षित रहेकामा आफू विश्वस्त रहेको पूर्वमन्त्री डा. महतको स्पष्टोक्ति थियो ।

प्रतिक्रिया दिनुहोस्