Trending
म्यान्चेस्टर युनाइटेडको लगातार तेस्रो जित     |     महिला टी २० विश्वकप छनोट प्रतियोगिता सम्पन्न     |     पाकिस्तानद्वारा अस्ट्रेलिया १११ रनले पराजित     |     भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |    
विज्ञान र प्रविधि

सीजी इलेक्ट्रोनिक्सद्वारा ‘मेरिडिया ५५ इन्च क्यूएलईडी काराओके टीभी’ सार्वजनिक

२४ असार २०८२, मंगलवार १७:४७

काठमाडौं। चौधरी ग्रुपको सहायक संस्था सीजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा पहिलोपटक इनबिल्ट काराओके सिस्टमसहितको अत्याधुनिक ‘सीजी मेरिडिया ५५ इन्च क्यूएलईडी टीभी’ सार्वजनिक गरेको छ।

‘लेभल अप’ अभियानअन्तर्गत सार्वजनिक गरिएको यस प्रविधियुक्त टेलिभिजन अब केवल हेर्ने माध्यम मात्र नभई गाउने, रमाउने र आफैंलाई प्रस्तुत गर्ने व्यक्तिगत मनोरञ्जन स्टेजका रूपमा डिजाइन गरिएको हो।

कम्पनीका अनुसार उच्च गुणस्तरको डिस्प्लेसँग संयोजन गरिएको इनबिल्ट काराओके फिचरले प्रयोगकर्तालाई आफ्नै घरमा परिवार र साथीभाइसँग रमाइलो गर्दै गीत गाउँन र आफ्नो “इनर रकस्टार” झल्काउन प्रेरित गर्छ।

सीजीको विज्ञप्तिमा भनिएको छ, “हामी सधैं नेपाली उपभोक्ताका लागि नयाँ प्रविधि र सुविधा ल्याउन प्रतिबद्ध छौं। मेरिडिया क्यूएलईडी टीभी त्यसै यात्राको अर्को महत्वपूर्ण उपलब्धि हो।”

सीजी इलेक्ट्रोनिक्सले जनाएको अनुसार यो स्मार्ट टेलिभिजन देशभरका सीजी डिजिटल शोरूम तथा आधिकारिक बिक्रेतामार्फत उपलब्ध भइसकेको छ। यस नविनतम उत्पादनले नेपाली बजारमा टीभी हेर्ने परिभाषा नै बदल्ने विश्वास कम्पनीले लिएको छ।

प्रतिक्रिया दिनुहोस्