Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

सीजी इलेक्ट्रोनिक्सद्वारा ‘मेरिडिया ५५ इन्च क्यूएलईडी काराओके टीभी’ सार्वजनिक

२४ असार २०८२, मंगलवार १७:४७

काठमाडौं। चौधरी ग्रुपको सहायक संस्था सीजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा पहिलोपटक इनबिल्ट काराओके सिस्टमसहितको अत्याधुनिक ‘सीजी मेरिडिया ५५ इन्च क्यूएलईडी टीभी’ सार्वजनिक गरेको छ।

‘लेभल अप’ अभियानअन्तर्गत सार्वजनिक गरिएको यस प्रविधियुक्त टेलिभिजन अब केवल हेर्ने माध्यम मात्र नभई गाउने, रमाउने र आफैंलाई प्रस्तुत गर्ने व्यक्तिगत मनोरञ्जन स्टेजका रूपमा डिजाइन गरिएको हो।

कम्पनीका अनुसार उच्च गुणस्तरको डिस्प्लेसँग संयोजन गरिएको इनबिल्ट काराओके फिचरले प्रयोगकर्तालाई आफ्नै घरमा परिवार र साथीभाइसँग रमाइलो गर्दै गीत गाउँन र आफ्नो “इनर रकस्टार” झल्काउन प्रेरित गर्छ।

सीजीको विज्ञप्तिमा भनिएको छ, “हामी सधैं नेपाली उपभोक्ताका लागि नयाँ प्रविधि र सुविधा ल्याउन प्रतिबद्ध छौं। मेरिडिया क्यूएलईडी टीभी त्यसै यात्राको अर्को महत्वपूर्ण उपलब्धि हो।”

सीजी इलेक्ट्रोनिक्सले जनाएको अनुसार यो स्मार्ट टेलिभिजन देशभरका सीजी डिजिटल शोरूम तथा आधिकारिक बिक्रेतामार्फत उपलब्ध भइसकेको छ। यस नविनतम उत्पादनले नेपाली बजारमा टीभी हेर्ने परिभाषा नै बदल्ने विश्वास कम्पनीले लिएको छ।

प्रतिक्रिया दिनुहोस्