Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

विद्युत् प्राधिकरणद्वारा सात चार्जिङ स्टेसनलाई थप बजेट, १ करोडभन्दा बढी विनियोजन

२४ असार २०८२, मंगलवार १७:५४

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सातवटा चार्जिङ स्टेसनलाई आवश्यक पूर्वाधार निर्माणका लागि थप बजेट विनियोजन गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार सातवटा स्टेशनलाई गरी १ करोड ८१ हजार रुपैयाँ अतिरिक्त बजेट प्रदान गरिएको हो।

जोरपाटी डीसीएस अन्तर्गत पाँचपोखरी सुनौलो यातायात प्रालिलाई १० लाख ६ हजार, जोरपाटी डीसीएस कै निलो माइक्रो यातायात समिति प्रालिलाई १४ लाख ८१ हजार, सुर्खेत डीसीएस अन्तर्गत शक्ति ट्रेडलिंक इको चार्ज ईभी स्टेसन र ओम साइ फास्ट चार्जिङ सेन्टरलाई संयुक्त रूपमा २८ लाख १९ हजार, गुल्मी डीसीएस अन्तर्गत मैत्री यातायात प्रालिलाई १३ लाख ७१ हजार, भोजपुर डीसीएस अन्तर्गत जय वजरंग किराना पसललाई १० लाख १८ हजार, इटहरी डीसीएस अन्तर्गत रितेश्वर चार्जिङ सेन्टरलाई ९ लाख ९१ हजार र जोरपाटी डीसीएस कै इन्द्रायणी भल्बु यातायात प्रालिलाई १३ लाख ९५ हजार थप बजेट दिइएको हो।

नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी साधनको सहज सञ्चालनका लागि चार्जिङ पूर्वाधारको पहुँच विस्तार गर्दै आएको छ। पछिल्लो चरणमा गरिएको बजेट विनियोजनले स्थानीय तहमा विद्युतीय यातायात प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्