Trending
म्यान्चेस्टर युनाइटेडको लगातार तेस्रो जित     |     महिला टी २० विश्वकप छनोट प्रतियोगिता सम्पन्न     |     पाकिस्तानद्वारा अस्ट्रेलिया १११ रनले पराजित     |     भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |    
विज्ञान र प्रविधि

विद्युत् प्राधिकरणद्वारा सात चार्जिङ स्टेसनलाई थप बजेट, १ करोडभन्दा बढी विनियोजन

२४ असार २०८२, मंगलवार १७:५४

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सातवटा चार्जिङ स्टेसनलाई आवश्यक पूर्वाधार निर्माणका लागि थप बजेट विनियोजन गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार सातवटा स्टेशनलाई गरी १ करोड ८१ हजार रुपैयाँ अतिरिक्त बजेट प्रदान गरिएको हो।

जोरपाटी डीसीएस अन्तर्गत पाँचपोखरी सुनौलो यातायात प्रालिलाई १० लाख ६ हजार, जोरपाटी डीसीएस कै निलो माइक्रो यातायात समिति प्रालिलाई १४ लाख ८१ हजार, सुर्खेत डीसीएस अन्तर्गत शक्ति ट्रेडलिंक इको चार्ज ईभी स्टेसन र ओम साइ फास्ट चार्जिङ सेन्टरलाई संयुक्त रूपमा २८ लाख १९ हजार, गुल्मी डीसीएस अन्तर्गत मैत्री यातायात प्रालिलाई १३ लाख ७१ हजार, भोजपुर डीसीएस अन्तर्गत जय वजरंग किराना पसललाई १० लाख १८ हजार, इटहरी डीसीएस अन्तर्गत रितेश्वर चार्जिङ सेन्टरलाई ९ लाख ९१ हजार र जोरपाटी डीसीएस कै इन्द्रायणी भल्बु यातायात प्रालिलाई १३ लाख ९५ हजार थप बजेट दिइएको हो।

नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी साधनको सहज सञ्चालनका लागि चार्जिङ पूर्वाधारको पहुँच विस्तार गर्दै आएको छ। पछिल्लो चरणमा गरिएको बजेट विनियोजनले स्थानीय तहमा विद्युतीय यातायात प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्