Trending
रणवीर सिंहको ‘धुरन्धर’ ६ खाडी देशमा प्रतिबन्धित     |     आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा     |     जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वीरगंजमा जेनजीद्धारा मोटरसाईकल र्याली     |     एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक     |     अन्डर-१९ एसिया कपमा भारतले रच्यो इतिहास     |     एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने     |     आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य     |     नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा     |     काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा     |     काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य     |    
विज्ञान र प्रविधि

नेपाल टेलिकमको ‘मनसुन अफर’ सार्वजनिक

२७ असार २०८२, शुक्रबार १५:३८

काठमाडौँ। नेपाल टेलिकमले ‘मनसुन अफर’ सार्वजनिक गरेको छ, जसअन्तर्गत बिहीबारदेखि लागू हुने गरी विभिन्न भ्वाइस, डाटा र एसएमएस प्याकेज उपलब्ध गराइनेछ।

टेलिकमले बुधबार जारी गरेको विज्ञप्तिमा मनसुन अफरमार्फत ग्राहकहरूलाई आकर्षक सुविधाहरू प्रदान गरिने उल्लेख गरिएको छ।

कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार, यो अफर विशेषगरी शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूका लागि बोनससहितका प्याकेज समावेश गरिएको छ। साथै, सजिलो अनलिमिटेड ६९९ र ७९९ योजना ३० प्रतिशत छुटमा उपलब्ध हुनेछ।

ग्राहकले आफ्नै मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ मोबाइल एपमार्फत नयाँ अफरहरू हेर्न तथा खरिद गर्न सक्नेछन्।

टेलिकमले हरेक सिजन अनुसार उपयुक्त प्याकेज तथा छुट अफर गर्दै आएको छ र यसपटकको मनसुन अफरले पनि ग्राहक सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्