Trending
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि     |     उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना     |     टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित     |     रास्वपा सचिवालयमा ११ जना थपिए     |     राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने     |     तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य     |     एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित     |     यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू     |     बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद     |     कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत     |    
विज्ञान र प्रविधि

नेपाल टेलिकमको ‘मनसुन अफर’ सार्वजनिक

२७ असार २०८२, शुक्रबार १५:३८

काठमाडौँ। नेपाल टेलिकमले ‘मनसुन अफर’ सार्वजनिक गरेको छ, जसअन्तर्गत बिहीबारदेखि लागू हुने गरी विभिन्न भ्वाइस, डाटा र एसएमएस प्याकेज उपलब्ध गराइनेछ।

टेलिकमले बुधबार जारी गरेको विज्ञप्तिमा मनसुन अफरमार्फत ग्राहकहरूलाई आकर्षक सुविधाहरू प्रदान गरिने उल्लेख गरिएको छ।

कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार, यो अफर विशेषगरी शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूका लागि बोनससहितका प्याकेज समावेश गरिएको छ। साथै, सजिलो अनलिमिटेड ६९९ र ७९९ योजना ३० प्रतिशत छुटमा उपलब्ध हुनेछ।

ग्राहकले आफ्नै मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ मोबाइल एपमार्फत नयाँ अफरहरू हेर्न तथा खरिद गर्न सक्नेछन्।

टेलिकमले हरेक सिजन अनुसार उपयुक्त प्याकेज तथा छुट अफर गर्दै आएको छ र यसपटकको मनसुन अफरले पनि ग्राहक सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्