Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता

१ श्रावण २०८२, बुधबार १६:५६

काठमाडौँ। नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता जनाएको छ । सन् २०१० देखि नै ग्राहकहरूलाई स्वादिष्ट खानासँग जोड्दै दैनिक जीवनमा सहजता र सुविधा पुर्याउने काम गरिरहेको कम्पनीले एक विज्ञप्ति जारी गर्दै सो प्रतिबद्धता जनाएको हो ।

गुणस्तरीय खानाको डेलिभरीमार्फत फुडमाण्डुले ग्राहकहरूलाई सरलता र खुशी प्रदान गर्दै आएको दावी गर्दै आएको छ। सो प्रतिबद्धतालाई निरन्तरता दिदै फुडमाण्डुले आफ्नो सेवाहरूमार्फत आफ्ना ग्राहकहरूको ‘लाइफ अझै बेटर’ बनाउने विश्वासलाई दर्शाउने प्रतिबद्धता जनाएको छ।

फुडमाण्डुकी ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराई भन्छिन्, “विगत १४ वर्षदेखि हामी हाम्रा ग्राहकहरूको दैनिक जीवनलाई सहज बनाउन प्रतिबद्ध छौँ। हामी केवल खाना डेलिभरी मात्र हैन, सो खानाको मार्फत हाम्रा ग्राहकहरूसम्म सहजता र खुशी पनि पुर्याउँछौँ । ‘लाइफ अझै बेटर’ बनाउनु नै सधैँ हाम्रो सिद्धान्त रहेको छ। व्यस्त दिनको दिउँसो खाना होस् वा सप्ताहन्तमा प्रियजनहरूसँगको भेला, हामीले हाम्रा ग्राहकहरुको आवश्यकता सधैँ पूरा गर्दै आएका छौँ ।”

फुडमाण्डुले काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, बुटवल र पोखराका हजारौँ घरदैलोमा खाना पुर्याउने काम गरिरहेको छ। फुडमाण्डुको १,००० भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी छ। यसका साथै फुडमाण्डुले वनमार्ट मार्फत ग्राहकहरूको दैनिक आवश्यकता पर्ने सामानहरूका लागि तुरुन्तै डेलिभरी सेवा पनि दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्