Trending
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ     |     म्यान्चेस्टर युनाइटेडको लगातार तेस्रो जित     |     महिला टी २० विश्वकप छनोट प्रतियोगिता सम्पन्न     |     पाकिस्तानद्वारा अस्ट्रेलिया १११ रनले पराजित     |     भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |    
विज्ञान र प्रविधि

फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता

१ श्रावण २०८२, बुधबार १६:५६

काठमाडौँ। नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता जनाएको छ । सन् २०१० देखि नै ग्राहकहरूलाई स्वादिष्ट खानासँग जोड्दै दैनिक जीवनमा सहजता र सुविधा पुर्याउने काम गरिरहेको कम्पनीले एक विज्ञप्ति जारी गर्दै सो प्रतिबद्धता जनाएको हो ।

गुणस्तरीय खानाको डेलिभरीमार्फत फुडमाण्डुले ग्राहकहरूलाई सरलता र खुशी प्रदान गर्दै आएको दावी गर्दै आएको छ। सो प्रतिबद्धतालाई निरन्तरता दिदै फुडमाण्डुले आफ्नो सेवाहरूमार्फत आफ्ना ग्राहकहरूको ‘लाइफ अझै बेटर’ बनाउने विश्वासलाई दर्शाउने प्रतिबद्धता जनाएको छ।

फुडमाण्डुकी ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराई भन्छिन्, “विगत १४ वर्षदेखि हामी हाम्रा ग्राहकहरूको दैनिक जीवनलाई सहज बनाउन प्रतिबद्ध छौँ। हामी केवल खाना डेलिभरी मात्र हैन, सो खानाको मार्फत हाम्रा ग्राहकहरूसम्म सहजता र खुशी पनि पुर्याउँछौँ । ‘लाइफ अझै बेटर’ बनाउनु नै सधैँ हाम्रो सिद्धान्त रहेको छ। व्यस्त दिनको दिउँसो खाना होस् वा सप्ताहन्तमा प्रियजनहरूसँगको भेला, हामीले हाम्रा ग्राहकहरुको आवश्यकता सधैँ पूरा गर्दै आएका छौँ ।”

फुडमाण्डुले काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, बुटवल र पोखराका हजारौँ घरदैलोमा खाना पुर्याउने काम गरिरहेको छ। फुडमाण्डुको १,००० भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी छ। यसका साथै फुडमाण्डुले वनमार्ट मार्फत ग्राहकहरूको दैनिक आवश्यकता पर्ने सामानहरूका लागि तुरुन्तै डेलिभरी सेवा पनि दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्