Trending
उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |     स्विडेनद्वारा युक्रेनलाई सन्यै सहायता घोषणा     |     दाङमा एमालेको झण्डा जलाउने रास्वपालाई सार्वजनिक रुपमा माफी माग्न युवा संघको माग, नत्र देशव्यापी रुपमा…     |    
विज्ञान र प्रविधि

इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो

८ श्रावण २०८२, बुधबार १८:१०

काठमाडौं। विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म, इनड्राइभले बाढी र पहिरोबाट विस्थापित परिवारहरूका लागि तयार पारिएका दिगो प्रकृतिका नयाँ घरहरूको साँचो आधिकारिक रूपमा हस्तान्तरण गरेको छ ।

इनड्राइभले राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँगको सहकार्यमा निर्माण गरिएका पाँचओटा घरको साँचो सम्बन्धित परिवारहरूलाई औपचारिक रूपमा हस्तान्तरण गर्यो । साथै, यस अभियानमा, प्रभावित भएका घरपरिवारहरूलाई अत्यावश्यक सामग्रीहरूको वितरण पनि गरिएको छ ।

नवनिर्मित घरहरू बाढी र पहिरो पीडितहरूको विशिष्ट आवश्यकताहरूलाई सम्बोधन गर्न स्थानीय समुदायसँगको परामर्शमा तयार गरिएको हो । बाँस र माटो प्रयोग गरेर निर्माण गरिएका घरहरूले दिगोपन र सांस्कृतिक प्रासंगिकता दुवैप्रति प्रतिबद्धता दर्शाउँछ, जसले परिवारहरूलाई स्थानीय परिस्थितिहरूको सामना गर्न डिजाइन गरिएको टिकाउ, र वातावरणीयरूपमा उपयुक्त संरचनाहरू प्रदान गर्दछ ।

इनड्राइभका एपीएसी कम्युनिकेसन लिड पवित नन्दा आनन्दले भनिन्, “इनड्राइभमा हाम्रो मिसन केवल राइड सर्भिसमा मात्र सीमित छैन, यो दीर्घकालीन, सार्थक, अर्थपूर्ण र दिगो परिवर्तन सिर्जना गर्ने यात्रासँग सम्बन्धित छ । यो सहकार्यमार्फत हामी केवल बसोबासको व्यवस्था मात्र गरिरहेका छैनौं, बाढी र पहिरोबाट सबैथोक गुमाएका परिवारहरूमा स्थिरता, सम्मान र आशाको पुनःस्थापना गरिरहेका छौं ।

हामी उनीहरूलाई आफ्नो भविष्य पुनर्निर्माण गर्ने यात्रामा स्वतन्त्र निर्णय लिने अधिकार र नयाँ आत्मविश्वासका साथ सँगै उभिन पाउँदा गर्व गर्छौ । इनड्राइभले सदैव समुदाय-केन्द्रित दृष्टिकोणलाई प्राथमिकता दिँदै आएको छ। इनड्राइभ यस्तै साझेदारीहरू मार्फत समावेशी, सुरक्षित र सशक्त समुदाय निर्माण गर्न कटिबद्ध रहेको छ ।”

इनड्राइभमा एपीएसीका रिजनल डाइरेक्टर मार्क टलीले भने, “इनड्राइभको मुख्य उद्देश्य सामाजिक अन्यायलाई चुनौती दिनु हो, र हामीले थालेको यो पहल सोही उद्देश्यको प्रत्यक्ष प्रतिबिम्ब हो । हाम्रो लक्ष्य सन् २०३० सम्ममा एक अर्ब मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो, त्यो पनि समुदाय–संचालित र दिगो कार्यहरूमार्फत ।

यी बनाइएका घरहरू केवल बाँस र माटोले बनेका संरचनाहरू मात्र नभई, घरवार गुमाएका परिवारहरूका लागि पुनः जीवन सुरु गर्न सक्ने सुरक्षित स्थान हुन् जसले उनीहरूलाई फेरि आत्मबल दिनेछ ।

हामीले सम्पूर्ण निर्माण प्रक्रिया स्थानीय समुदायसँगको निकट समन्वयमा सम्पन्न गरेका छौं, जसले हरेक परिवारलाई आफ्नो आवश्यकता अनुसारको घर छनोट गर्ने स्वतन्त्रता दिएको छ ।

यस प्रक्रियाले मानिसहरूकै आवाज र चाहनालाई प्राथमिकतामा राखेको छ । एनसीडीएमसँगको हाम्रो सहकार्यले लचिलोपन, र ‘पिपुल फस्र्ट‘ भन्ने हाम्रो मूल दर्शनलाई झल्काउँछ । हामी विश्वास गर्छौं —यस्तो सहयोग र सहकार्यले मात्र दीर्घकालीन समाधान सम्भव हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्