Trending
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि     |     उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना     |     टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित     |     रास्वपा सचिवालयमा ११ जना थपिए     |     राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने     |     तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य     |     एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित     |     यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू     |     बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद     |     कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत     |    
विज्ञान र प्रविधि

नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक

२४ श्रावण २०८२, शुक्रबार १५:२३

काठमाडौँ। राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा याडियाले नयाँ ‘भेलाक्स’ सिरिजका स्कुटर सार्वजनिक गरेको छ।

नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले तीन फरक मोडल – भेलाक्स फास्ट चार्जिङ, भेलाक्स यु र भेलाक्स एच सार्वजनिक गरेको हो।

भेलाक्स फास्ट चार्जिङ मोडल विशेषगरी व्यस्त जीवनशैली अपनाउने तथा समयको उच्च मूल्य बुझ्ने प्रयोगकर्तालाई लक्षित गरिएको छ। यसमा ७६ भोल्ट ३० एएच एलएफपी ब्याट्री छ, जसले ११० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। यो स्कुटर २० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। ३२०० वाट मोटर, ६२ किमी प्रतिघण्टा टप स्पिड र १७२ एनएम टर्क क्षमतायुक्त यो मोडल दैनिक यात्रु तथा डेलिभरी सेवामा संलग्न व्यक्तिका लागि उपयुक्त छ।

भेलाक्स यु डुअल ब्याट्री सिस्टम (७४ भोल्ट २० एएच x २) द्वारा सञ्चालित छ, जसले १४० किमी रेन्ज दिन्छ। यो स्कुटरमा ४९०० वाटको शक्तिशाली मोटर, ८० किमी प्रतिघण्टा गति र १७६ एनएम टर्क रहेको छ। लामो दुरीको यात्रा गर्नेहरूका लागि यो प्रभावकारी विकल्प हो।

भेलाक्स एच याडियाको मूल्य सुलभ तर शक्तिशाली मोडलको रूपमा ल्याइएको हो। यसमा ७२ भोल्ट ३० एएच ब्याट्री, ३२०० वाट मोटर, ६२ किमी प्रतिघण्टा टप स्पिड र १७२ एनएम टर्क छ। ‘एच’ को अर्थ हाई परफमेन्स भनिएको छ।

तीनै मोडलहरूमा क्रुज कन्ट्रोल, रिभर्स मोड, किलेस स्टार्ट, स्मार्ट अनलक, मोबाइल एप इन्टिग्रेसन, रिजेनेरेटिभ ब्रेकिङ, युएसबी चार्जिङ पोर्ट, एलईडी लाइट र पूर्ण डिजिटल ड्यासबोर्ड जस्ता अत्याधुनिक फिचरहरू समावेश छन्।

मूल्यतर्फ हेर्दा, स्कुटरहरूको सुरुवाती मूल्य २ लाख ८५ हजार रुपैयाँ रहेको छ। याडियाले प्रत्येक मोडलमा ३ वर्ष वा ३० हजार किलोमिटर वारेन्टी दिने बताएको छ। साथै, देशभर रहेका १२ भन्दा बढी आधिकारिक डिलरहरूबाट टेस्ट राइड, प्रि–बुकिङ र फाइनान्सिङ सुविधा उपलब्ध रहेको जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्