Trending
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ     |     म्यान्चेस्टर युनाइटेडको लगातार तेस्रो जित     |     महिला टी २० विश्वकप छनोट प्रतियोगिता सम्पन्न     |     पाकिस्तानद्वारा अस्ट्रेलिया १११ रनले पराजित     |     भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |    
विज्ञान र प्रविधि

फोर्स गाडीमा समस्या, व्यवसायीले क्षतिपूर्ति माग्दै काठमाडौंमा पत्रकार सम्मेलन

२४ श्रावण २०८२, शुक्रबार १५:३६

काठमाडौं- फोर्स कम्पनीका सवारी साधनमा निरन्तर प्राविधिक त्रुटि देखिएपछि दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिसहितका दर्जनौं यातायात व्यवसायीहरू क्षतिपूर्तिको माग गर्दै सार्वजनिक रूपमा आक्रोशित भएका छन्।

बुधबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा व्यवसायीहरूले फोर्स गाडी खरिदपछिका समस्याहरूले व्यवसाय नै धराशायी बनाएको गुनासो गरे। उनीहरूले फोर्स गाडीका नेपालका आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल प्रालिसँग तत्काल क्षतिपूर्ति दिन माग गरेका छन्।

महासचिव देवान राईले पत्रकार सम्मेलनमा जानकारी गराउँदै भने, “गाडी किनिएको एक महिनामै इन्जिन सिज हुने, टायर चलिरहेका बेला फुस्किने, र अत्यधिक महँगा तर कमजोर पार्टपुर्जाका कारण हामीजस्ता व्यवसायीहरू करोडौंको घाटामा परेका छौं।”

उनका अनुसार, अहिले पनि थुप्रै गाडी ग्यारेजमा थन्किएका छन् र ती गाडी मर्मत सम्भव नभएर व्यवसायीहरू रोजगारी र आम्दानी दुवैबाट वञ्चित भएका छन्।

पीडित व्यवसायीहरूले निम्न चार माग सार्वजनिकरूपमा अघि सारेका छन्:

  • ग्यारेजमा थन्किएका सबै गाडीको पूर्ण क्षतिपूर्ति।
  • समस्या भोगिरहेका सम्पूर्ण पीडित व्यवसायीहरूको पहिचान।
  • गाडीमा देखिएका प्राविधिक त्रुटिको सार्वजनिक स्वीकारोक्ति।
  • समस्याको जिम्मेवार कम्पनीमाथि कानुनी कारबाही।

पीडित व्यवसायीहरूको तर्फबाट पत्रकार सम्मेलनमा भनिएको छ, “यो केवल व्यवसायको क्षति होइन, यो विश्वासमाथिको ठगी हो। हामी कानुनी बाटोमा जान तयार छौं यदि क्षतिपूर्ति र सत्यको स्वीकारोक्ति नभए।”

उनीहरूले सम्बन्धित निकायलाई पनि यस्तो प्राविधिक रूपमा कमजोर गाडी नेपालमा बिक्री वितरण गर्न अनुमति दिँदा आम उपभोक्ताको सुरक्षामाथि प्रश्न उठेको भन्दै ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया दिनुहोस्