Trending
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि     |     उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना     |     टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित     |     रास्वपा सचिवालयमा ११ जना थपिए     |     राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने     |     तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य     |     एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित     |     यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू     |     बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद     |     कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत     |    
विज्ञान र प्रविधि

फोर्स गाडीमा समस्या, व्यवसायीले क्षतिपूर्ति माग्दै काठमाडौंमा पत्रकार सम्मेलन

२४ श्रावण २०८२, शुक्रबार १५:३६

काठमाडौं- फोर्स कम्पनीका सवारी साधनमा निरन्तर प्राविधिक त्रुटि देखिएपछि दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिसहितका दर्जनौं यातायात व्यवसायीहरू क्षतिपूर्तिको माग गर्दै सार्वजनिक रूपमा आक्रोशित भएका छन्।

बुधबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा व्यवसायीहरूले फोर्स गाडी खरिदपछिका समस्याहरूले व्यवसाय नै धराशायी बनाएको गुनासो गरे। उनीहरूले फोर्स गाडीका नेपालका आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल प्रालिसँग तत्काल क्षतिपूर्ति दिन माग गरेका छन्।

महासचिव देवान राईले पत्रकार सम्मेलनमा जानकारी गराउँदै भने, “गाडी किनिएको एक महिनामै इन्जिन सिज हुने, टायर चलिरहेका बेला फुस्किने, र अत्यधिक महँगा तर कमजोर पार्टपुर्जाका कारण हामीजस्ता व्यवसायीहरू करोडौंको घाटामा परेका छौं।”

उनका अनुसार, अहिले पनि थुप्रै गाडी ग्यारेजमा थन्किएका छन् र ती गाडी मर्मत सम्भव नभएर व्यवसायीहरू रोजगारी र आम्दानी दुवैबाट वञ्चित भएका छन्।

पीडित व्यवसायीहरूले निम्न चार माग सार्वजनिकरूपमा अघि सारेका छन्:

  • ग्यारेजमा थन्किएका सबै गाडीको पूर्ण क्षतिपूर्ति।
  • समस्या भोगिरहेका सम्पूर्ण पीडित व्यवसायीहरूको पहिचान।
  • गाडीमा देखिएका प्राविधिक त्रुटिको सार्वजनिक स्वीकारोक्ति।
  • समस्याको जिम्मेवार कम्पनीमाथि कानुनी कारबाही।

पीडित व्यवसायीहरूको तर्फबाट पत्रकार सम्मेलनमा भनिएको छ, “यो केवल व्यवसायको क्षति होइन, यो विश्वासमाथिको ठगी हो। हामी कानुनी बाटोमा जान तयार छौं यदि क्षतिपूर्ति र सत्यको स्वीकारोक्ति नभए।”

उनीहरूले सम्बन्धित निकायलाई पनि यस्तो प्राविधिक रूपमा कमजोर गाडी नेपालमा बिक्री वितरण गर्न अनुमति दिँदा आम उपभोक्ताको सुरक्षामाथि प्रश्न उठेको भन्दै ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया दिनुहोस्