Trending
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ     |     म्यान्चेस्टर युनाइटेडको लगातार तेस्रो जित     |     महिला टी २० विश्वकप छनोट प्रतियोगिता सम्पन्न     |     पाकिस्तानद्वारा अस्ट्रेलिया १११ रनले पराजित     |     भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |    
विज्ञान र प्रविधि

इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+

३० श्रावण २०८२, बिहीबार १५:२७

काठमाडौं। इनफिनिक्सले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन NOTE 50s 5G+ सार्वजनिक गरेको छ। दमदार प्रदर्शन, प्रिमियम डिजाइन र अत्याधुनिक सुविधासहितको यो फोन 8GB RAM + 256GB स्टोरेज भेरियन्ट मात्र रु. 31,999 मा उपलब्ध छ।

उच्चस्तरीय डिस्प्ले र सुरक्षा
यो मोडेलमा 3D कर्भ्ड 144Hz AMOLED डिस्प्ले दिइएको छ, जसमा Corning® Gorilla® Glass को सुरक्षा छ। गेमिङ, स्ट्रिमिङ वा दैनिक प्रयोगका लागि यसले जीवन्त रंग र सहज दृश्य अनुभव दिन्छ।

प्रदर्शनमा कुनै सम्झौता छैन
MediaTek Dimensity 7300 Ultimate चिपसेट र 16GB सम्मको RAM विस्तार गर्ने सुविधा भएकोले मल्टिटास्किङमा सहजता र एपहरूको गति तेज हुन्छ। 256GB स्टोरेज भएकोले ठूलो मात्रामा फोटो, भिडियो र फाइलहरू सजिलै राख्न सकिन्छ।

उन्नत क्यामेरा क्षमता
64MP SONY IMX682 मुख्य क्यामेराले 4K भिडियो र स्पष्ट तस्वीर खिच्छ भने 13MP फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कलमा उत्कृष्ट परिणाम दिन्छ।

ब्याट्री र टिकाउपन
5200mAh ब्याट्री र 45W All-Round FastCharge 3.0 चार्जिङ प्रणालीले लामो समय पावर आपूर्ति गर्छ। साथै IP64 स्प्ल्यासप्रूफ र TÜV प्रमाणित ड्रप-रेजिस्टेन्ट सुविधाले टिकाउपन सुनिश्चित गर्छ।

धमाकेदार अडियो अनुभव
JBL ट्युनिङको डुअल स्पिकर ले संगीत, फिल्म र गेमिङमा शक्तिशाली ध्वनि प्रदान गर्छ।

रंग र उपलब्धता
NOTE 50s 5G+ Marine Blue, Titanium Grey र Burgundy Red रंगमा उपलब्ध छ। अहिले नेपालभरका मोबाइल पसलहरूमा रु. 31,999 मा खरिद गर्न सकिन्छ।

इनफिनिक्सले सन् 2013 देखि 70 भन्दा बढी मुलुकमा आफ्नो उपस्थिति बनाइसकेको छ र स्टाइलिश, शक्तिशाली तर किफायती स्मार्टफोनका लागि परिचित ब्रान्ड मानिन्छ।

प्रतिक्रिया दिनुहोस्