Trending
लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |     दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु     |     ‘परान’ आजदेखि प्रदर्शनमा     |     सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ     |     भारत–अमेरिका बीच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर     |     सुनको मूल्य बढ्यो     |    
विज्ञान र प्रविधि

काठमाडौंमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनीमा

३२ श्रावण २०८२, शनिबार १२:५७

काठमाडौं। नेपालमै पहिलो पटक ‘उड्ने कार’ काठमाडौंमा प्रदर्शनीमा राखिने भएको छ। भृकुटीमण्डपमा भदौ ३ देखि ८ गतेसम्म नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गर्ने अटो शोमा उक्त कार सार्वजनिक प्रदर्शन गरिनेछ।

तातोपानी नाकामार्ग हुँदै ल्याइएकाे उक्त कार हाल भन्सार प्रक्रियामा रहेको भन्सार कार्यालयले जनाएको छ। बाढीपहिरोका कारण बाटो अवरुद्ध भएपछि कारलाई केही दुरीसम्म भरियाले बोकेर ल्याइएको जानकारी पनि प्राप्त भएको छ।

नाडाका पदाधिकारीका अनुसार प्रदर्शनीमा राखिने यो उड्ने कारलाई भविष्यको सहरी हवाई मोबिलिटी (Urban Air Mobility) को पहिलो झलकका रूपमा प्रस्तुत गरिनेछ। शोमा आउने दर्शकहरूले नजिकैबाट कार अवलोकन गर्ने अवसर पाउनेछन्।

यस वर्षको अटो शोमा उड्ने कारसँगै विभिन्न ब्रान्डका नयाँ मोडलका कार, मोटरसाइकल, स्कुटर, इलेक्ट्रिक सवारीसाधन र अटोमोबाइल्स पार्ट्स पनि प्रदर्शनीमा राखिने नाडाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्