Trending
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ     |     म्यान्चेस्टर युनाइटेडको लगातार तेस्रो जित     |     महिला टी २० विश्वकप छनोट प्रतियोगिता सम्पन्न     |     पाकिस्तानद्वारा अस्ट्रेलिया १११ रनले पराजित     |     भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |    
विज्ञान र प्रविधि

पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम

३२ श्रावण २०८२, शनिबार १३:०२

पोखरा। बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा.लि. ले पोखराको बुद्धचोकमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ।

उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसहित अटोमोबाइल क्षेत्रका सरोकारवाला र बीवाईडीका प्रशंसकहरूको उपस्थिती रहेको थियो।

शोरूम उद्घाटनसँगै गण्डकी प्रदेशका ग्राहकका लागि बीवाईडीले आफ्नो नवीनतम इलेक्ट्रिक कार ‘सिलायन-७’ पनि सार्वजनिक गरेको छ।

१२,८४५ वर्ग फिटमा फैलिएको यो शोरूमले थ्रीएस सुविधा (सेल्स, सर्भिस, स्पेयर) उपलब्ध गराउनेछ। साथै, शोरूम पछाडि निर्माण भइरहेको अत्याधुनिक सर्भिस सेन्टरले बिक्रीपछिको सेवा अझ प्रभावकारी बनाउने साइमेक्सले जनाएको छ।

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले पोखरालाई दीर्घकालीन रणनीतिमा प्रमुख बजारका रूपमा लिइएको उल्लेख गर्दै भने, “सिलायन-७ हाम्रो अत्याधुनिक प्रविधि र दिगो यातायातप्रतिको लक्ष्यको प्रतिनिधित्व गर्ने मोडल हो।”

साइमेक्सका अनुसार, तालिमप्राप्त र प्रमाणित प्राविधिक कर्मचारीहरूको साथमा शोरूमले गण्डकी प्रदेशमै उत्कृष्ट सेवा सुनिश्चित गर्नेछ। यस विस्तारसँगै बीवाईडीले प्रदेशस्तरमा इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा आफ्नो नेतृत्व अझै मजबुत बनाएको छ।

प्रतिक्रिया दिनुहोस्