Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम

३२ श्रावण २०८२, शनिबार १३:०२

पोखरा। बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा.लि. ले पोखराको बुद्धचोकमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ।

उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसहित अटोमोबाइल क्षेत्रका सरोकारवाला र बीवाईडीका प्रशंसकहरूको उपस्थिती रहेको थियो।

शोरूम उद्घाटनसँगै गण्डकी प्रदेशका ग्राहकका लागि बीवाईडीले आफ्नो नवीनतम इलेक्ट्रिक कार ‘सिलायन-७’ पनि सार्वजनिक गरेको छ।

१२,८४५ वर्ग फिटमा फैलिएको यो शोरूमले थ्रीएस सुविधा (सेल्स, सर्भिस, स्पेयर) उपलब्ध गराउनेछ। साथै, शोरूम पछाडि निर्माण भइरहेको अत्याधुनिक सर्भिस सेन्टरले बिक्रीपछिको सेवा अझ प्रभावकारी बनाउने साइमेक्सले जनाएको छ।

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले पोखरालाई दीर्घकालीन रणनीतिमा प्रमुख बजारका रूपमा लिइएको उल्लेख गर्दै भने, “सिलायन-७ हाम्रो अत्याधुनिक प्रविधि र दिगो यातायातप्रतिको लक्ष्यको प्रतिनिधित्व गर्ने मोडल हो।”

साइमेक्सका अनुसार, तालिमप्राप्त र प्रमाणित प्राविधिक कर्मचारीहरूको साथमा शोरूमले गण्डकी प्रदेशमै उत्कृष्ट सेवा सुनिश्चित गर्नेछ। यस विस्तारसँगै बीवाईडीले प्रदेशस्तरमा इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा आफ्नो नेतृत्व अझै मजबुत बनाएको छ।

प्रतिक्रिया दिनुहोस्