Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय

३२ श्रावण २०८२, शनिबार १३:०८

काठमाडौं। नेपाल पर्यटन क्षेत्रका लागि ऐतिहासिक मानिने एउटा कदमअन्तर्गत गुगल म्याप्सले शुक्रबार ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ मा नेपालमा आधिकारिक रूपमा स्ट्रिट भ्यू सेवा सुरु गरेको घोषणा गरेको छ।

यससँगै अब विश्वका जुनसुकै कुनामा बस्ने मानिसले मोबाइल वा कम्प्युटरमार्फत नेपालका सुन्दर प्राकृतिक दृश्य, ऐतिहासिक सम्पदा र सांस्कृतिक जीवनशैलीलाई प्रत्यक्ष जस्तै अनुभव गर्न सक्नेछन्।

यो सेवाले प्रयोगकर्तालाई काठमाडौंका पुराना गल्ली, चहलपहलयुक्त बजार, तराईको हरियाली, हिमाली घुमाउरा सडक र मनोरम हिमालको दृश्यलाई ३६० डिग्री भ्युमा अवलोकन गर्ने अनौठो अवसर दिनेछ। साथै, दरबार, मन्दिर, परम्परागत बस्ती र जीवन्त संस्कृति भर्चुअल यात्रामार्फत सहजै विश्वसामु प्रस्तुत हुनेछ।

गुगलका प्रतिनिधिहरूका अनुसार, नेपालमा स्ट्रिट भ्यूको सुरुवातले यहाँको समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई विश्वव्यापी स्तरमा प्रवर्द्धन गर्नेछ। प्रत्यक्ष नेपाल आउन नसक्नेले पनि अब स्क्रिनमै बसेर नेपाल घुमिरहेको अनुभव लिन सक्नेछन्।

नवीनतम दृश्य हेर्नका लागि प्रयोगकर्ताले गुगल म्याप्स खोली ३६० डिग्री भ्यु वा स्ट्रिट भ्यू पेगम्यानमा क्लिक गर्नुपर्छ। यसले नेपाल पर्यटनको विश्वव्यापी छविलाई अझ मजबुत बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्