Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

वुलिङ बिङ्गो ईभीको दसैंमा एक्सचेन्ज अफर

१९ आश्विन २०८१, शनिबार १२:०८

१९ असोज,काठमाडौं। नजिकिँदै गरेको महान् चाड बडादसैँको छेको पारेर वुलिङ बिङ्गो ईभीले विशेष एक्सचेन्ज अफर घोषणा गरेको छ ।

उक्त एक्सचेन्ज अफर असोज २० सम्म मात्र रहने कम्पनीले जनाएको छ । कम्पनीले ३० लाख रुपैयाँमुनिका विद्युतीय गाडी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै उक्त योजना ल्याएको हो, जहाँ ग्राहकले आकर्षक मूल्यमा गाडीको एक्सचेन्जको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ ।

१ देखि ६ अक्टुबरसम्मका लागि मात्र लागू गरिएको सो अफर विशेष गरी ३० लाख रुपैयाँमा विद्युतीय गाडी खरिद गर्न चाहने ग्राहकहरूका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । चाडपर्वको मौसममा यस अफरबाट ग्राहकहरूले वुलिङ बिङ्गो ईभीको आकर्षक विनिमय दरहरूको फाइदा उठाउन सक्ने कम्पनीले बताएको छ ।

वुलिङ बिङ्गो ईभीले किफायती (एमआरपी २९.९९ लाख रुपैयाँ) को माग मात्र पूरा गर्दैन, आधुनिक इलेक्ट्रिक ड्राइभिङलाई परिभाषित गर्ने प्रभावशाली सुविधा र कार्यसम्पादन पनि प्रदान गर्ने कम्पनीको दाबी छ ।

कम्पनीले ल्याएको अफरअन्तर्गत वुलिङ बिङ्गो ईभी खरिद गर्दा ब्याट्रीमा ८ वर्ष वा १,२०,००० किमि वारेन्टी र ३ वर्ष वा १,००,००० किमि वारेन्टी मोटर र उच्च भोल्टेज कम्पोनेन्टहरू रहेको बताइएको छ । त्यस्तै, वुलिङ बिङ्गो ईभीमा आफ्नो गाडी साट्ने भाग्यशाली ग्राहक दुई जनालाई लक्की ड्रमार्फत पाँचतारे होटलमा डिनरको अवसर प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्