Trending
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि     |     उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना     |     टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित     |     रास्वपा सचिवालयमा ११ जना थपिए     |     राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने     |     तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य     |     एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित     |     यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू     |     बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद     |     कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत     |    
विज्ञान र प्रविधि

वुलिङ बिङ्गो ईभीको दसैंमा एक्सचेन्ज अफर

१९ आश्विन २०८१, शनिबार १२:०८

१९ असोज,काठमाडौं। नजिकिँदै गरेको महान् चाड बडादसैँको छेको पारेर वुलिङ बिङ्गो ईभीले विशेष एक्सचेन्ज अफर घोषणा गरेको छ ।

उक्त एक्सचेन्ज अफर असोज २० सम्म मात्र रहने कम्पनीले जनाएको छ । कम्पनीले ३० लाख रुपैयाँमुनिका विद्युतीय गाडी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै उक्त योजना ल्याएको हो, जहाँ ग्राहकले आकर्षक मूल्यमा गाडीको एक्सचेन्जको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ ।

१ देखि ६ अक्टुबरसम्मका लागि मात्र लागू गरिएको सो अफर विशेष गरी ३० लाख रुपैयाँमा विद्युतीय गाडी खरिद गर्न चाहने ग्राहकहरूका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । चाडपर्वको मौसममा यस अफरबाट ग्राहकहरूले वुलिङ बिङ्गो ईभीको आकर्षक विनिमय दरहरूको फाइदा उठाउन सक्ने कम्पनीले बताएको छ ।

वुलिङ बिङ्गो ईभीले किफायती (एमआरपी २९.९९ लाख रुपैयाँ) को माग मात्र पूरा गर्दैन, आधुनिक इलेक्ट्रिक ड्राइभिङलाई परिभाषित गर्ने प्रभावशाली सुविधा र कार्यसम्पादन पनि प्रदान गर्ने कम्पनीको दाबी छ ।

कम्पनीले ल्याएको अफरअन्तर्गत वुलिङ बिङ्गो ईभी खरिद गर्दा ब्याट्रीमा ८ वर्ष वा १,२०,००० किमि वारेन्टी र ३ वर्ष वा १,००,००० किमि वारेन्टी मोटर र उच्च भोल्टेज कम्पोनेन्टहरू रहेको बताइएको छ । त्यस्तै, वुलिङ बिङ्गो ईभीमा आफ्नो गाडी साट्ने भाग्यशाली ग्राहक दुई जनालाई लक्की ड्रमार्फत पाँचतारे होटलमा डिनरको अवसर प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्