Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

नागरिक एपबाटै सिंहदरबारको गेटपास लिन सकिने

२९ आश्विन २०८१, मंगलवार १०:०४

काठमाडौं। सरकारले सिंहदरबार गेटपास अब नागरिक एपबाटै लिन सकिने भएको छ ।

यसअघि सरकारले सिंहदरबार प्रवेश गर्न चाहनेका लागि अनलाइनबाटै गेटपास लिन सकिने गरी singhadurbarpass.gov.np वेबसाइट सञ्चालनमा ल्याएको थियो । अब यो सुविधा नागरिक एपमै उपलब्ध भएपछि सिंहदरबारको गेटपास लिन अझै सहज हुनेछ ।

सिंहदरबार गेटपास कसरि लिने 

  • तपाईहरुले सबै भन्दा पहिला आफ्नो मोबाइलमा नागरिक एप डाउनलोड गर्नुहोस ।
  • त्यसपछि आफ्नो नम्बर डायल गर्नुहोस । मोबाइलमा SMS code आउँछ त्यसलाई राख्नुहोस । त्यसपछि आफ्नो  व्यक्तिगत विवरण भर्नुहोस् । अनि नागरिक एप खोल्छ ।
  • नागरिक एपबाट सिंहदरबारको गेटपास लिन एपभित्र रहेको सिंहदरबार पासमा क्लिक गर्नुपर्नेछ ।
  • त्यसपछि रिक्वेस्ट पासमा क्लिक गरेर कार्यालय, भट्ने मान्छे र भेट्नुपर्ने कारण लगायत विवरण राखेर सबमिट गरेर स्वीकृत भएपछि मोबाइलमै पास देखाएर सिंहदरबार छिर्न सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्