Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

इन्टरनेट सेवा प्रदायक रेग्मी मिडिया इक प्रा. लि. को अनुमतिपत्र खारेज

६ कार्तिक २०८१, मंगलवार १४:२७

६ कार्तिक, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक रेग्मी मिडिया इक प्रा. लि. सिद्धार्थनगर- ९. भैरहवा, रुपन्देहीको अनुमतिपत्र खारेज गरेको छ।

अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र निवेदन पेश नगरेपछि २ वटा सेवा प्रदायकको इजाजतपत्र स्वतः रद्ध भएको हो ।प्राधिकरणले रूपन्देहीको भैरहवाको रेग्मी मिडिया इंक प्रालि र वीरेन्द्रनगर सुर्खेतको लाइफ नेट प्रालिको इन्टरनेट र इमेल सेवाको लाइसेन्स खारेज गरेको हो । कात्तिकको पहिला साता दुबै कम्पनीको अनुमतिपत्र खारेजी भएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरण आज एक सूचना प्रकाशित गरी प्राधिकरणबाट रेग्मी मिडिया इक प्रा. लि. लाई २०७१/०६/२३ मा प्रदान गरिएको इन्टर्नेट (इ-मेल सहित) सेवाको अनुमतिपत्र (अनुमतिपत्र नं. फि.ज. १-७६) नवीकरण नगरेका कारण खारेज गरिएको जानकारी दिएको हो।

‘अनुमतिपत्र नवीकरणका लागि तोकिएको समयावधिभित्र नियमानुसार निवेदन पेस नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन २०५३ को दफा २५(५) बमोजिम मिति २०८१/०६/२३ गतेदेखि स्वतः रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ। प्राधिकरणले उक्त प्रा.लि. ले नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा पनि यो सूचना जारी भएको मितिले ३० दिनभित्र  कार्यालयमा सम्पर्क गर्न समेत सूचित गरेको छ।

गत भदौमा वीरगञ्ज ८ पर्साको पर्सा टेलिकम्यूनिकेसन प्रालि र हात्तिसार काठमाडौंको इन्फोकम प्रालिको लाइसेन्स खारेज पनि भएको थियो ।यसअघि ३२ जेठमा पनि ७ वटा इन्टरनेट कम्पनीको इजाजतपत्र खारेज भएको थियो । मोरङका वशिष्ठ केबल नेट प्रालि, इन्फोनेट टेक्नोलोजी प्रालिसहित जुम्लाको सिम्पल इन्टेलिजेन्ट सिष्टम एण्ड टेक्नोलोजी प्रालि, झापाको एसिया नेट कम्युनिकेशन प्रालि, गुल्मीको फास्ट स्पिड लिंक नेटवर्क प्रालि, धनुषाको एस नेट नेपाल प्रालि र काठमाडौंको मिथिला डिजिटल नेपाल प्रालिको अनुमतिपत्र खारेज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्