Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

एमएडब्लु वृद्धिले सुरु गर्‍यो भक्तपुरमा दिपलको नयाँ सोरुम

१० कार्तिक २०८१, शनिबार ११:५९

१० कार्तिक,काठमाडौँ। नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आज भक्तपुरको राधेराधेमा आफ्नो नयाँ सोरुम उद्घाटन गरेको छ।

कम्पनीले स्काइलाइन मोटरमार्फत उक्त क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट दीपल ईभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सञ्चालनमा ल्याएको जनाएको छ । एक कार्यक्रमबीच एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया र स्काइलाइन मोटरका निर्देशक विशाल पाण्डेले संयुक्त रूपमा शोरुम उद्घाटन गरे ।

उद्घाटन समारोहमा नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आर्टिफिसियल इन्टेलिजेन्ज भएका सवारीसाधनहरु नेपालमा भित्रिनु सुविधा र सुरक्षाका हिसाबले महत्वपूर्ण रहेको बताए।

‘अब सूचना प्रविधिका क्षेत्रमा मात्र होइन अटोमोबाइलमा पनि आर्टिकफिसियल इन्टेलिजेन्स भित्रिइसकेको छ,’ उनले भने, ‘सरकारले डिजेल पेट्रोलका सवारीसाधनको आयातलाई कम गर्न र देशमा प्रचुरमात्रामा भएको जलस्रोतलाई उपयोग गर्न सवारीधान, रेल र उद्योगलाई विद्युतीकरण गर्नुपर्छ।’ उनले समाजका सबै तप्कासम्म विद्युतीय सवारीसाधनको पहुँचलाई सहज बनाउन सरकारले काम गर्नुपर्ने पनि बताए।

त्यसैगरी, एमएडब्लु वृद्धि अटोकर्पका अध्यक्ष विष्णु अग्रवालले आकर्षक डिजाइन, सुरक्षा, विश्वसनीयता र आर्थिक लाभका कारण नेपालमा विद्युतीय गाडीको लोकप्रियता तीव्र गतिमा बढिरहेको बताए। ‘आजको दिनमा नेपालमा आयात हुने ८० प्रतिशत कार इभी हुन्। यसबाट नेपाली प्रयोगकर्तामाझ इभीप्रतिको विश्वसनीयता बढिरहेको देखिन्छ।’ उनले भने।

प्रतिक्रिया दिनुहोस्