Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी

१४ कार्तिक २०८१, बुधबार ०७:१०

काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) बीच समझदारी भएको छ । नेपालपे कार्ड जारी गर्न र एक्वायरका लागि पूर्वाधार तयार गरी इन्टिग्रेट गर्ने विषयमा दुवै पक्षबीच समझदारी भएको हो ।

समझदारीपत्रमा एस्सिटिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा एनसीएचएले चरणबद्घ रुपमा स्थापना गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको दोस्रो चरण अन्तर्गत नेपालको आफ्नै डोमेस्टिक कार्ड स्कीम ‘नेपालपे’ र एनपीएस–नेशनल कार्य स्विच कार्यान्वयनका लागि आवश्यक जडान तथा परिक्षण कार्य भईरहेको छ ।

उक्त नेपालपे कार्डको स्वीकार्यता र प्रयोग वृद्धि गर्नका लागि एस्सीटिले आफ्नो प्रणाली तथा पूर्वाधारमा आवश्यक स्तरोन्नती गरे पश्चात् एनपीएस–एनसीएसको प्राविधिक सदस्यतालाई नेपालपे कार्ड जारी र अक्वायर गर्न सक्ने जनाइएको छ । सञ्चालनमा आए पश्चात् उक्त कार्डको राउटिङ्ग, स्विचिङ्ग तथा सेटलमेन्ट एनसीएचएलको नेशनल पेमेन्ट स्वीच मार्फत हुने जनाइएको छ ।

एनसीएचएलले आफ्नो इएफटी कार्ड स्वीच मार्फत १२ बैंकहरुलाई अन्य कार्ड स्कीमको प्रोसेसिङ्ग र कार्ड सर्भिसेस्को सुविधा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्