Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

नेपालका लागि टिकटकले माग्यो ‘पब्लिक पोलिसी म्यानेजर’ पदमा कर्मचारी

२८ भाद्र २०८१, शुक्रबार १३:१०

२८ भदौ,काठमाडौँ। सामाजिक सञ्जाल टिकटकले पब्लिक पोलिसी म्यानेजर पदमा आवेदन माग गरेको छ ।

टिकटकले यसबारे आफ्नो सामाजिक सञ्जालमार्फत् आवेदन दिन सूचना जारी गरेको हो।सरकार, नीति निर्माता र प्रमुख नेताहरूसँग सम्बन्ध विस्तार गर्न, रणनीति बनाउन लगायत विभिन्न जिम्मेवारी बहन गर्न सक्ने व्यक्तिले आवेदन दिन सक्ने भनिएको छ।

विशेषगरी सार्वजनिक नीति, सरकारी सम्बन्ध र वकालत गर्न सक्ने क्षमता भएका र अंग्रेजी र नेपालीमा लेख्न, पढ्न र बोल्न सक्ने योग्यता हुनुपर्ने उल्लेख छ। राजनीतिक शास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, सरकार र सामाजिक मामिलाहरूसँग सम्बन्धित डिग्री गरेका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।

सामाजिक सद्भाव र वातावरणमा खलल पु‍र्‍याउन भूमिका खेलेको भन्दै २०८० कात्तिक २७ मा पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यसको नौ महिनापछि गत भदौ ६ मा केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले प्रतिबन्ध फुकुवा गरेको हो । अघिल्लो साता मात्रै नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको थियो । त्यसयता सबै डिभाइसमा पूर्ण रूपमा टिकटक चल्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्