Trending
एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ सार्वजनिक     |     शीर्ष स्थानको आर्सनल म्यानचेस्टर युनाइटेडसँग पराजित     |     महिला टी-२० विश्वकप छनोट : जित्नैपर्ने दबाबका साथ स्कटल्यान्डको सामना गर्दै नेपाल     |     क्रिस्टल प्यालेसमाथि चेल्सीको शानदार जित     |     रियलको रोमाञ्चक जित     |     किराँत मिथमा आधारित नाटक ‘ए थिबेउ’ शिल्पी थिएटरमा     |     आयोजक फेरिल्यान्डको सफल सुरुआत     |     चेस पजल सोल्भिङ कन्टेस्टमा २१ जनाको प्रतिस्पर्धा     |     शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा     |     रेशम चौधरी चुनाव लड्न नपाउने     |    
विज्ञान र प्रविधि

नेपालका लागि टिकटकले माग्यो ‘पब्लिक पोलिसी म्यानेजर’ पदमा कर्मचारी

२८ भाद्र २०८१, शुक्रबार १३:१०

२८ भदौ,काठमाडौँ। सामाजिक सञ्जाल टिकटकले पब्लिक पोलिसी म्यानेजर पदमा आवेदन माग गरेको छ ।

टिकटकले यसबारे आफ्नो सामाजिक सञ्जालमार्फत् आवेदन दिन सूचना जारी गरेको हो।सरकार, नीति निर्माता र प्रमुख नेताहरूसँग सम्बन्ध विस्तार गर्न, रणनीति बनाउन लगायत विभिन्न जिम्मेवारी बहन गर्न सक्ने व्यक्तिले आवेदन दिन सक्ने भनिएको छ।

विशेषगरी सार्वजनिक नीति, सरकारी सम्बन्ध र वकालत गर्न सक्ने क्षमता भएका र अंग्रेजी र नेपालीमा लेख्न, पढ्न र बोल्न सक्ने योग्यता हुनुपर्ने उल्लेख छ। राजनीतिक शास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, सरकार र सामाजिक मामिलाहरूसँग सम्बन्धित डिग्री गरेका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।

सामाजिक सद्भाव र वातावरणमा खलल पु‍र्‍याउन भूमिका खेलेको भन्दै २०८० कात्तिक २७ मा पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यसको नौ महिनापछि गत भदौ ६ मा केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले प्रतिबन्ध फुकुवा गरेको हो । अघिल्लो साता मात्रै नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको थियो । त्यसयता सबै डिभाइसमा पूर्ण रूपमा टिकटक चल्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्