Trending
एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ सार्वजनिक     |     शीर्ष स्थानको आर्सनल म्यानचेस्टर युनाइटेडसँग पराजित     |     महिला टी-२० विश्वकप छनोट : जित्नैपर्ने दबाबका साथ स्कटल्यान्डको सामना गर्दै नेपाल     |     क्रिस्टल प्यालेसमाथि चेल्सीको शानदार जित     |     रियलको रोमाञ्चक जित     |     किराँत मिथमा आधारित नाटक ‘ए थिबेउ’ शिल्पी थिएटरमा     |     आयोजक फेरिल्यान्डको सफल सुरुआत     |     चेस पजल सोल्भिङ कन्टेस्टमा २१ जनाको प्रतिस्पर्धा     |     शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा     |     रेशम चौधरी चुनाव लड्न नपाउने     |    
विज्ञान र प्रविधि

सीजीले नयाँ ईभी स्मार्ट १ र स्मार्ट ३ नेपालमा लञ्च गर्दै

२८ भाद्र २०८१, शुक्रबार १३:१५

२८ भदौ,काठमाडौँ । सीजी मोटर्सले नयाँ ईभी स्मार्ट १ र स्मार्ट ३ नेपालमा लञ्च गर्न लागेको छ। नयाँ पुस्ताका स्मार्ट सवारीहरू विश्वव्यापी मर्सिडिज–बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जिली ग्लोबल इन्जिनियरिङ टिमद्वारा इन्जिनियर गरिएको हो ।

चीनमा उत्पादन हुने यी सवारीहरू छिटो बढ्दो बी–सेगमेन्टको लागि तयार गरिएका छन् ।विश्वव्यापी मर्सिडिज–बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जिली ग्लोबल इन्जिनियरिङ टिमद्वारा इन्जिनियर गरिएको स्मार्ट १ र स्मार्ट ३ अब छिट्टै नेपालमा लन्च र नेपालको ड्राइभिङ अनुभवलाई दिगो र स्मार्ट भविष्यतर्फ अघि बढाउने कम्पनीको दाबी छ ।

विश्वभरि १६ लाखभन्दा बढी स्मार्ट सवारीहरू बिक्रीको साथ, ब्रान्डले छोटो समयमा नै अन्तर्राष्ट्रिय बजारमा नाम कमाउन सफल रहेको जनाएको छ । दुवै मोडेलले सुरक्षा सुनिश्चित गर्दै फाइभ स्टार यूरो एनसीएपी सेफ्टी रेटिङ प्राप्त गरेका छन् । अत्याधुनिक ड्राइभर–असिस्ट, आकर्षक डिजाइन र नव प्रविधि जस्ता विशेषता स्मार्टमा सामेल छन् ।

विश्वव्यापी मर्सिडीज–बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जीली ग्लोबल इन्जिनियरिङ टिमद्वारा इन्जिनियर गरिएको स्मार्ट #१ र #३ अब छिटै नेपालमा प्रक्षेपण हुँदै र नेपालको ड्राइभिङ अनुभवलाई दिगो र स्मार्ट भविष्यतर्फ अघि बढाउने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्