Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

सीजीले नयाँ ईभी स्मार्ट १ र स्मार्ट ३ नेपालमा लञ्च गर्दै

२८ भाद्र २०८१, शुक्रबार १३:१५

२८ भदौ,काठमाडौँ । सीजी मोटर्सले नयाँ ईभी स्मार्ट १ र स्मार्ट ३ नेपालमा लञ्च गर्न लागेको छ। नयाँ पुस्ताका स्मार्ट सवारीहरू विश्वव्यापी मर्सिडिज–बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जिली ग्लोबल इन्जिनियरिङ टिमद्वारा इन्जिनियर गरिएको हो ।

चीनमा उत्पादन हुने यी सवारीहरू छिटो बढ्दो बी–सेगमेन्टको लागि तयार गरिएका छन् ।विश्वव्यापी मर्सिडिज–बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जिली ग्लोबल इन्जिनियरिङ टिमद्वारा इन्जिनियर गरिएको स्मार्ट १ र स्मार्ट ३ अब छिट्टै नेपालमा लन्च र नेपालको ड्राइभिङ अनुभवलाई दिगो र स्मार्ट भविष्यतर्फ अघि बढाउने कम्पनीको दाबी छ ।

विश्वभरि १६ लाखभन्दा बढी स्मार्ट सवारीहरू बिक्रीको साथ, ब्रान्डले छोटो समयमा नै अन्तर्राष्ट्रिय बजारमा नाम कमाउन सफल रहेको जनाएको छ । दुवै मोडेलले सुरक्षा सुनिश्चित गर्दै फाइभ स्टार यूरो एनसीएपी सेफ्टी रेटिङ प्राप्त गरेका छन् । अत्याधुनिक ड्राइभर–असिस्ट, आकर्षक डिजाइन र नव प्रविधि जस्ता विशेषता स्मार्टमा सामेल छन् ।

विश्वव्यापी मर्सिडीज–बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जीली ग्लोबल इन्जिनियरिङ टिमद्वारा इन्जिनियर गरिएको स्मार्ट #१ र #३ अब छिटै नेपालमा प्रक्षेपण हुँदै र नेपालको ड्राइभिङ अनुभवलाई दिगो र स्मार्ट भविष्यतर्फ अघि बढाउने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्